काठमाडौंमा ओली समूहको कार्यकर्ता भेला आज १ बजे सुरु हुने , प्रधानमन्त्रीले मन्तव्य राख्ने

३ माघ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहले काठमाडौँमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

दिउँसो १ बजे तिनकुनेस्थित रोयल बैंक्वेटमा हुने प्रदेश १ का अगुवा कार्यकर्ता भेलामा दाहाल-नेपाल समूहले कार्यकर्तातहमा पुर्‍याएको भ्रम चिर्ने रणनीति एवं चुनाव केन्द्रित प्रशिक्षण दिन लागिएको हो ।

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित बनेको नेकपाको दुबै समूह एकअर्काविरूद्ध उत्रिएका छन् । पुस ५ यताका समानन्तर बैठकले एकले अर्कालाई कारबाही गर्दै आफू नै आधिकारिक भएको दाबीसहित जनसभामा उत्रिएका छन् ।

प्रतिनिधिसभा विघटनकै मुद्दा सर्वोच्च अदालतमा समेत पुगेको छ । अदालते यस मुद्दाको छिनोफानो नगर्दासम्म वैशाखमा नै चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना भन्ने विषय अन्योलमा छ ।

चुनाव अन्योलमा रहिरहँदा प्रधानमन्त्री ओलीले दैनिक जसोका सम्बोधनमा समयमै निर्वाचन हुने बताउन छाडेका छैनन् भने त्यसलाई चुनौती दिने गरी दाहाल-नेपाल समूह आन्दोलनमा छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button