काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

५ माघ, काठमाडौं । रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो एक्कासी आगलागी भएपछि प्रहरीले कोठामा रहेका मानिसहरुको उद्दार गरेको थियो ।

हालै आगो नियन्त्रणमा आएको काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टले अनलाइनखबरलाई बताए । उनका अनुसार काठमाडौं, ललितपुर महानगरपालिकासहितका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

आगलागी भएपछि विभिन्न तलामा रहेका मानिसहरुले कराउँदै सहयोग मागेका थिए । प्रारिम्भक अनुसन्धानमा विद्युत् सर्ट भइ आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button