काँग्रेसले अधिवेशन गर्न सक्दैन, मौका पाए डेढ वर्ष सार्छ : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले काँग्रेसले महाधिवेशन निर्धारित मितिमा सम्पन्न गर्न नसक्ने दावी गरेका छन् ।

उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै कांग्रेसले सुन्य समयको प्रबन्ध मिलाउन खोज्दै खोजेको आरोप लगाएका छन् ।

उनले मौका पाए काँग्रेसले अधिवेशन डेढबर्ष पर सार्ने मौका नपाए वडा तहको अधिवेशन गरेर पालिका, जिल्ला र केन्द्रको अधिवेशन कात्तिक तिर पुर्याउने बताएका छन् ।

पूर्वमन्त्री बाँस्कोटाको फेशबुक स्टाटस

‘मैले त पहिल्यै भन्या छु । कांग्रेस शुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ। मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ । नपाए अब वडातहको गर्छ । तर पालीका र जिल्ला तहको अधिवेशन नगरी कार्तिक तिर सिधै महाधिवेशन गर्छ। देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ । निरंकुश कस्ले भन्दो रहेछरुहामी पनि हेरौ त।’ 

क्याबिनेटमा सक्षम टिम बनाएर सरकार चलाउन देउवालाई माधव नेपालको सुझाव

 नेकपा एमालेका वरिष्ठ नेता एवं सत्तारुढ गठबन्धनका एक साझेदार माधवकुमार नेपालले सरकारको सफलताका लागि सक्षम टिम बनाउनुपर्ने बताएका छन् ।

विश्व बाघ दिवसका अवसरमा आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक्लै अघि नबढ्न र सक्षम मन्त्रीहरुको टिम बनाएर जान सुझाव दिएका हुन् ।

‘प्रधानमन्त्री एक्लैको मात्र पहलले केही हुँदैन,’ उनले भने, ‘सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ । समर्पित मान्छे चाहिन्छ र सिर्जनात्मक चाहिने रहेछ ।’

पछिल्लो समय मन्त्रिपरिषद विस्तारको तयारी भइरहेका बेला नेता नेपालले प्रधानमन्त्रीलाई उक्त सुझाव दिएका हुन् । आफू तत्काल सरकारमा जान नसक्ने भन्दै नेपालले गठबन्धनका अन्य दललाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न भनिसकेका छन् ।

बिजुलीको महसुल घटाउनुपर्ने खाँचो देखिएकाे छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उहाँले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताउनुभयो ।

अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड़ दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिबले जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक छ भन्नुभयो ।

उहाँले आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकाङ्क्षालाई ध्यान दिनु आवश्यकरहेकामा जोड दिनुभयो।

मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय घाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढङ्गले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात् गर्नु जरूरी छ भन्नुभयोे ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button