कसैलाई चोइटिन मन लागे बालकोट गए हुन्छ: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट कसैलाई चोइटिन मन भए बालकोट जान सुझाव दिएका छन्।

शुक्रबार बिहान राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको निजी निवासतर्फ संकेत गर्दै बालकोटमा जान भनेका हुन्।

‘जान मन लागे बालकोट गए हुन्छ। त्यहीँ वरिपरि घेरेर गणेश प्रवृत्ति मनाए हुन्छ,’ उनले भने।

उनले ओलीले गरेको अपराधको हिसाबकिताब इतिहासले गर्ने  बताए।

‘नेपाल बन्दबारे भ्रम फैलाइएको थियो। केपी ओलीलाई चेतना भया- चक्रपथमा आर्मीका गाडी घुमाएर कोही डराउँदैन। शान्तिपूर्ण आन्दोलनमा आएकालाई केपी ओलीको निर्देशनमा बल प्रयोग भएको छ। केपी ओलीको अपराधको इतिहासले हिसाब राख्छ,’ नेपालले भने।

उनले आफूहरूसँग देशभर कार्यकर्ता भएको बताउँदै त्यसमा आँखा नलगाउन पनि ओली समूहलाई चेतावनी दिए।

‘हामीसँग देशभर कार्यकर्ता छन्। त्यसैले हामी आधिकारिक हौं। यसमा कसैले आँखा लगायो भने त्यो राम्रो हुने छैन,’ नेपालले भने।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button