ओली सरकारको अपजस लिन कांग्रेस सरकारमा जाँदैन : शशांक कोइराला

२ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।’ यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो ।

उनले भने, ‘अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस छैन ।’ कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उनको भनाइ थियो ।

फरक प्रसंगमा बोल्दै उनले अहिले कांग्रेस सरकारमा नजाने बताए । उनले भने, ‘सरकारले तीन वर्ष छ महिनासम्म केही गर्न सकेन । त्यसको अपजस लिन कांग्रेस सरकारमा जाँदैन ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button