ओली समूहद्वारा नवनियुक्त प्रदेश प्रमुख झालाई १ सय १ किलोको मालाले स्वागत

प्रदेश २ का प्रमुख राजेश झालाई आइतबार जनकपुरमा भव्य स्वागत गरिएको छ।

जनकपुरधाम विमानस्थलमा १ सय १ किलोको मालाले स्वागत गरिएको छ।

झालाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंहले विमानस्थलमा स्वागत गरेका थिए।  

जनकपुरधामका युवाहरुले १ सय १ किलोको माला लगाएका थिए। नेकपा ओली समूहका कार्यकर्ताले प्रदेश प्रमुखको स्वागतमा मोटरसाइकल र्‍यालीसमेत निकालेका थिए।  

प्रदेश प्रमुख झाले नागरिकसँग भने,‘यस प्रदेशको आम जीवन सहज बनाउन भरपूर प्रयत्न गर्नेछु। जनजीविकाको सवाल, रोजगारको सवार, सिंचाई, कृषि, स्वास्थ्य शिक्षामा जनतालाई अनुमूति हुने गरि परिवर्तणका लागि प्रदेश सरकारको सहयोग अपेक्षा गरेको छुँ,’ उनले भने,‘मेरो मूल उदेश्य यहाँको आम मानिसको जीवनस्तर र जीवनशैलीमा परिवर्तण ल्याउनु हो।’

प्रदेश प्रमुख झा जनकपुर अवतरण हुँदा कुर्ता पैजामा, बन्डी र गम्झा पहिरिएका थिए।  

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button