ओली समूहको बुटवल आमसभामा हजारौंको भिड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज बुटवलमा गर्न लागेको आमसभाको जुलुस यहाँका तीन स्थान हुँदै सभास्थल शिद्धेश्वरी माविको प्रङ्गाणमा प्रवेश गरेको छ ।

आमसभालाई सो समूहका अध्यक्ष तथा प्रथानमन्त्री केपी शर्मा ओली, महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल, मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि प्रधानमन्त्री ओलीले बुटवलको चिडियाखानबाट पाल्पा जोड्ने केबुलकारको शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले बुटवल केबुलकारले धार्मिक, पर्यटय विकास हुने र रोजगारी समेत सिर्जना गर्ने विश्वास ब्यक्त गरेका थिए । 

एकवर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको बुटवल केवलकारका लागि ३ अर्ब  ५२ करोड छुट्टाइएको छ ।  

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button