ओलीले आफ्नो विरोध गर्ने नेताहरुको फोन ट्यापिङ गरे ।

काठमाडाँै । नेकपा केन्द्रिय सदस्य तथा पूर्व उर्जामन्त्रि वर्षमान पुनले आफ्नो विरोध गर्ने सम्पूर्ण नेताहरुको फोन ट्यापिङ प्रधानमन्त्रि के.पी ओलीले गरेको आरोप लगाएका छन् । ओलीले गैरकानुनी रुपमा आफ्नो विरोध गर्ने नेताहरुको टेलिफोन ट्यापिङ गरेको भन्दै पुनले आरोप लगाएका छन् ।

प्रधानमन्त्रि के.पी ओलीले गरेको प्रतिनिधीसभा विघटन विरुद्व नेकपा प्रचण्ड समुहले पुष १४ गते रोल्पामा भएको विरोध सभामा पुनले यस्तो आरोप लगाएका छन् । उनको अनुसार सबै विरोधी नेताहरुको टेलिफोन ट्यापिङ भएको छ , नेताले कुनैपनि गोप्य कुरा गर्न मिल्दैन । उनि भन्छन् “नेपाल जस्तो लोकतान्त्रिक गणतन्त्र भएको देशमा यस्तो कार्य गर्नु कत्तिको जायज हो? हामिलाई यो स्वीकार्य हुन सकदैन” ।

अरुले नै जिम्मा लिएको मन्त्रालय पनि ओलीले अनाधिकृत रुपमा आफ्नो मातहतमा लिएको पुन बताउँछन् । गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो मातहतमा राखेर आफूले निगरानी गरि केन्द्रित गरेको बताए । साथै सम्पति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग पनि ओलीले आफ्नै मातहतमा राखेका छन् । आफ्नो सत्ता र शक्तिको दुरुपयोग गरेको पुनले बताए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button