ओलीलाई प्रधानमन्त्रीबाट नहटाए देश थप संकटमा फस्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको हत्या गर्न खोज्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताएका छन्।

नेपालको संविधानको हत्या गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नु लोकतन्त्र बिरोधीलाई समर्थन गर्नु भएको बताउँदै पौडेलले संसदमा पेश हुने अविश्वासको प्रस्तावमा कांग्रेसले कुनैपनि हालतमा साथ दिनुपर्ने बताए ।

नेपाली कांग्रेस म्याग्दीले पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौँ दिनको पुण्यतिथिको अवसरमा सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हरेक गतिविधि लोकतन्त्र विरोधी र संविधानको रक्षाका लागि बाधक भएकाले बर्हिगमन अपरिहार्य भएको बताए ।  

‘अहिलेको सरकारलाई हटाउनुको विकल्प छैन। उनीहरूको स्वार्थले संविधान नै खतरामा पर्ने अवस्था आइसक्यो। अब पनि कांग्रेसले मौका गुमाउनु हँुदैन’, नेता पौडेलले भने।

नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए । ‘केपी ओलीको नेतृत्वमा निर्वाचन सम्भव नै छैन्। निर्वाचन हुने अवस्था आएपनि अहिलेको सरकारले गर्न सक्दैन् ।

गरेपनि ठूलो दुर्घटना हुन्छ’, उनले भने। नेकपा भित्र विवाद भइरहेको अवस्थामा संसदमा अविश्वासको प्रस्ताव ल्याउने तयारीमा सहयोग नगरेर कांग्रेसले ठूलो अवसर गुमाएको समेत पौडेलको भनाइ छ। ‘अब पनि ओलीलाई हटाउन ध्यान नदिए ।

कांग्रेस र लोकतन्त्र दुबै खतरामा पर्छ । प्रतिपक्षमा बस्ने भएपनि यो सरकारलाई हटाउनैपर्छ’, नेता पौडेलले भने । सम्बोधनका क्रममा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सत्ता र नियुक्तीमा प्रधानमन्त्री ओलीको प्रलोभन देखाइरहेको समेत बताए ।  

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button