ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता छैनः प्रकाशमान सिंह

 नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीलाई १ सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन् ।

नेपाल प्रेस युनियनले आयोजना गरेको प्रेस भेटघाटमा सिंहले  ओलीले असंवैधानिक कदम उठाएर नैतिकता गुमाइसकेकाले १ सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताए ।

साथै उनले नेपाली जनताको लामो समयको सङ्घर्षबाट प्राप्त भएका उपलब्धी माथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरिरहेको भन्दै  प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको बताए ।

देश विकासका  लागि कम्युनिष्टहरुले बहुमत प्राप्त गरे पनि जनताले अपेक्षा गरेअनुसार सरकारले काम नगरेको उनको भनाई छ ।

उनले भने,  ‘कम्युनिष्टहरुले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन् तर कम्युनिष्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउनेतर्फ लाग्यो ।’

आन्तरिक भागभण्डा नमिलेपछि कम्युनिष्टहरुले देशलाई दुर्घटनातर्फ धकेल्न प्रयास गरेको नेता सिंहको आरोप छ । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button