ओलीको बाटो पतन र जनताप्रति घातको बाटो हो : प्रचण्ड

४ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्।

पार्टीले प्रधानमन्त्री बनाएको हुनाले पार्टी निर्णय नमानेपछि प्रधानमन्त्रीबाट फिर्ता र अनुशासनको कारवाही पार्टीले गर्न सक्ने प्रचण्डको भनाइ छ।

प्रचण्डले काठमाडौंमा आज आयोजित राष्ट्रिय युवा संघको बैठकमा भने, ‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन। त्यसो हुँदो हो त हाम्रो २७५ जना नै प्रधानमन्त्री हुन्थे। एउटै मात्रै प्रधानमन्त्री हुन्थ्यो त? सबै निर्वाचित सांसद हुन्। सबै प्रधानमन्त्री हुँदैन। तपाईंलाई पार्टीले प्रधानमन्त्री बनायो। चाहेपछि झिकिदियो। अनुशासनमा राख्ने र नसके कारवाही गर्ने भन्ने तपाईंलाई थाहा थियो,’ ।

ओली पार्टी बैठकबाट पटकपटक भाग्ने गरेको प्रचण्डको भनाइ थियो।

‘हामी तपाईंको बाटो हिड्न सक्दैनौं। घृणा गर्छौं। तपाईंको बाटो पतन र जनताप्रति घातको बाटो हो,’ उनले भने।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button