ओलिले राजा ल्याउन यी सब नाटक गर्दैछन : बाबुराम भट्टराई

२७ पुष, काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको कार्यक्षमता कमजोर भएका कारण राजावादीहरू सलबलाउन थालेको बताएका छन्।

गणतन्त्रलाई बलियो बनाउने भन्दा पनि यसलाई विकृत बनाउने काममा सरकार उद्धत रहेकोले राजावादीहरूले मौका पाएको भट्टराईको तर्क छ।

पछिल्लो समय देशका विभिन्न स्थानमा राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन भइरहेको छ। सोही विषयतर्फ लक्षित गर्दै डा. भट्टराईले सामाजिक सञ्जाल मार्फत राजतन्त्रले थुपारेको निरंकुशता, गरिबी, बेरोजगारी, भ्रष्टाचार, जातीय/क्षेत्रीय/लैंगिक विभेद, पराधीनताको फोहर गणतन्त्रले मात्र सफा गर्ने बताएका छन्। उनले राजतन्त्रले थोपारेको फोहोर पुनः त्यही राजतन्त्रले सफा गर्न नसक्ने उनको भनाई छ।

देशमा पुनः राजतन्त्र फर्काउन खोज्नु भनेको फेरी त्यही फोहोरको डुंगुरमा देशलाई डुबाउनु भएको भट्टराईको भनाई छ।

उनले लेखेका छन्, ‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न: २४० वर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरिबी, बेरोजगारी, भ्रष्टाचार, जातीय/क्षेत्रीय/लैंगिक विभेद, पराधीनताको फोहर १२वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने?’

https://junelidaily. com/ बाट साभार गरीएकाे हाे।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
1
+1
2
+1
8
+1
2
+1
1
+1
5

सम्बन्धित समाचार

Back to top button