एसिड आक्रमण गर्नेलाई सार्वजनिक स्थलमा झुण्ड्याउने कानून ल्याउनुपर्छः मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रण गर्नेलाई कानून संशोधन गरेर सार्वजनिक स्थलमा झुण्ड्याउने व्यवस्था गर्नुपर्ने बताएका छन।

एसिड आक्राण गर्ने विरुद्ध कठोर कानूनको खाँचो औल्याउँदै मुख्यमन्त्री राउतले सार्वजनिक स्थलमा झुण्ड्याउने कानून ल्याउनुपर्ने जिकिर गरेका हुन।

एसिड आक्रमण पीडित धनुषाकी आरती साहलाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार मधेस भवन जनकपुरधाममा दोसल्ला ओढाएर सम्मन गर्दै मुख्यमन्त्री राउतले भने,‘ महिला हिंसा, दाइजो प्रथा, बालविवाह जस्ता कुरीतिविरुद्धको कानूनलाई सशक्त रुपमा कार्यान्वयन गर्नुपर्छ। महिला सशक्त र सुरक्षित भए मात्र प्रदेशको विकास सम्भव छ।’

उनले शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि रहेको महिलालाई अगाडी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

प्रदेशका छोरीहरुलाई शिक्षित अब्वल र सशक्त बनाउन ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई अगाडी बढाएको बताउँदै मुख्यमन्त्री राउतले महिला हिंसा, दाइजो प्रथा, बालविवाह जस्ता कुरितिविरुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि बढनुपर्ने बताए।  

प्रदेश सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत कक्षा ८ का १५ सय २० छात्राहरुलाई मुख्यमन्त्री राउतले साइकल प्रदान गरेका छन्।

धनुषाको २७ विद्यालयका १ हजार ५ सय २० छात्राहरुलाई साइकल वितरण गरेको हो। छात्राहरुलाई साइकल दिँदै मुख्यमान्त्री राउतले प्रदेश सम्पूर्ण सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल उपलब्ध गराउने तयारी गरेको बताए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button