एमसीसी पास गराउँछु : टोपबहादुर रायमाझी

१ माघ, काठमाडौं । उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्बल नेपालको साक्षात्कारमा बोल्दै एमसीसीमा अलमल हुँदा दैनिक अरबौं रुपैयाँ बराबरको विद्युत खेर जाने अवस्था आएको भन्दै तत्काल टुंगो लगाउनुपर्ने बताएका हुन्।

‘एमसीसीलाई वारपारमा लैजाऔं,’ मन्त्री रायमाझीले भने, ‘हामी एकदिन त के एकछिन पनि पर्खेर बस्ने अवस्थामा छैनौं, एमसीसीले ट्रान्समिसन लाइनमा लगानी गर्ने भनेको छ, नबन्दा भदौबाट ५ सय मेगावाट विद्युत खेर जाने अवस्था आइसक्यो।’

अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अझै टुंगोमा नपुग्दा ऊर्जामन्त्री रायमाझीको पछिल्लो भनाई आएको हो। रायमाझीले एमसीसीले ट्रान्समिसनमा लगानी गर्ने भन्दै गर्दा झुण्डिएर अनिर्णयमा रहेर बसिरहेको बताए।

उनले एमसीसीलाई लागू गर्न जोड दिए। उनले भने, ‘हुबहु लागू गर्नुपर्छ भन्ने होइन, एमसीसीको कुन कुन बुँदामा परिवर्तन गर्ने भन्ने विषयमा बसेर टुंगो लगाऔं।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
8

सम्बन्धित समाचार

Back to top button