इन्डोनेसियामा ६.२ म्याग्नेच्युडको भूकम्प

२ माघ, काठमाडौं । इन्डोनियामा शुक्रबार बिहान ६.२ म्याग्नेच्युडको भूकम्प गएको छ। उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

सात सेकेन्डसम्म जमिन हल्लिएपछि आत्तिएका मानिसहरू घर छोडेर बाहिर निस्किएका थिए।

इन्डोनेसियाको विपद् नियन्त्रण एजेन्सीले एउटा होटल र वेस्ट सुल्वेसीका गभर्नरको निवास पूर्ण रूपले क्षति भएको जनाएको छ।

बिहीबार पनि सोही क्षेत्रमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ।

शुक्रबार बिहान भूकम्प आए पनि सुनामीको चेतावनी भने दिइएको छैन।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button