आमाले आफ्नो १ वर्षको छोरालाई दौडिरहेको ट्रेनबाट फा’ लि’न, बाबुले हा’म्फा लेर बचाए ज्यान

एजेन्सी – मानिसलाई रिस उठ्छ। यसलाई सामान्य मान्न सकिन्छ।

तर सामान्य रिसमा कहिलेकाहीँ मानिसहरुले असामान्य कामहरु गर्ने गर्दछन्। एक महिलाले रिसले झण्डै परिवार नै तहसनहस भएको थियो।

पतिसँग सामान्य रिसका कारण एक आमाले आफ्नो १ वर्षको बच्चालाई दौडिरहेको ट्रेनबाट फालेकी थिइन्। महिलाले यस्तो गरेपछि तत्कालै ती बालकका पिताले गाडीबाहिर हा’म्फा’लेर बच्चालाई बचाएका छन्।

यो घ’टना उत्तर प्रदेशको प्रयागराजको हो। भारतीय मिडियाका अनुसार आमाले दौडिरहेको ट्रेनबाट बच्चा फ्याँ’के’ पछि बच्चा बाहिर ख’सेर करिब १०० मिटर पछाडि पुगिसकेका थिए। अहिले बच्चाको स्थिति ठिक भएको बताइएको छ।

यमुनापारको छिवकी जंक्सनमा घ’टना भएको हो। घ’टनास्थलमा रहेका रेलवे पुलिस फोर्स र जीआरपीका जवानले पितासँग बच्चालाई अस्पताल लिएर गएका थिए। डाक्टरले बच्चाको प्रारम्भिक उपचारपछि अवस्था ख’त’रामुक्त रहेको बताएका छन्।

प्रयागराज मण्डलको छिवकी जंक्सनका बिहीबार बिहान पौने ८ बजेको समयमा जनता एक्सप्रेस मुम्बइतिर जाँदै थियो।

यही ट्रेनको कोच संख्या बी २ मा मिर्जापुरको चुनारका शिवम सिंह र अंशु सिंह थिए।

उनीहरु १ वर्षको छोराको साथमा चुनारबाट मुम्बइ जाँदै थिए। शिवम सिंह मुम्बइमा सुरक्षा गार्डको काम गर्छन्।

कोरोनाको समयमा उनी घर आएका थिए। अहिले उनी फेरि कामको लागि मुम्बइ जाँदै थिए। ट्रेनमा बच्चा पटक पटक रोइरहेका थिए।

पतिले पत्नीलाई बच्चालाई दूध खुवाउन भने र यही कुराले वि’वाद सुरु भयो। वि’वाद बढ्दै गएपछि रिसमा आमाले बच्चालाई दौडिरहेको ट्रेनको झ्यालबाट बाहिर फ्याँकिदिइन्।

ट्रेनभित्रका सबै मानिसहरु यो देखेर आ’त्तिए तर बच्चाका पिताले भने तत्कालै ट्रेनबाट हा’म्फा’ ले र करिब १०० मिटर दौडिएर बच्चालाई काखमा उठाए। छिवकी रेलवे पुलिस इन्स्पेक्टर जीएस उपाध्यायका अनुसार जीआरपी र आरपीएफले कुनै केस दर्ता गरेका छैनन्।

बच्चा ख’त’रामुक्त छन्। जानकारहरुका अनुसार महिलाको मानसिक अवस्था ठिक छैन। घट’नापछि पिता आफ्नो बच्चालाई लिएर घर गएका छन्।

जब प्रेमिकालाई खुशी पार्न आफ्नै बाबुले आफ्ना दुई सन्तानलाई १५ तल माथिबाट फा’ लिदिए

चीनबाट सार्वजनिक भएको एक घटनाले धेरै मानिसलाई दुखी बनाएको छ।

त्यहाँका एक बाबुले प्रेमिकालाई खुशी पार्नका लागि आफ्ना दुई सन्तानलाई भवको १५ औं तलाबाट फालिदिएको बताइएको छ।

ती पितामाथि आफ्नै २ बच्चाको ह’ त्या ग रेको आरोप लागेको छ। ती व्यक्तिले आफ्नी प्रेमिकालाई खुसी पार्न आफ्ना २ बच्चालाई मा’ रेका थिए।

२ नोभेम्बर २०२० मा चोंगकिंगको एउटा भिडियो भाइरल भएको थियो।

भिडियोमा एउटा आवासीय भवनको १५ औं तलाबाट २ दिदीभाइ ख’सेको देख्न सकिन्छ।

१५ औं तलाबाट ख’सेपछि उनीहरु दुवैको ज्या’न गएको थियो। बच्चाहरुलाई हेर्नको लागि उनीहरुका पिता बिल्डिङबाट दौडिँदै बाहिर आए।

त्यसपछि उनी बच्चाहरुलाई हेरेर रु’न थाले। अन्य मानिसहरुले उनीमाथि शं’का गरेनन्।

तर, अनुसन्धानबाट नयाँ खुलासा भएको छ। अनुसन्धानमा बच्चाहरु दुर्घ’टनावश ख’सेको नभइ उनीहरुलाई १५ तला माथिबाट तल फ्याँ’किएको पाइएको हो। ग्लोबल टाइम्सका अनुसार बच्चाहरुलाई उनीहरुका पिता र उनकी प्रेमिकाले ष’ड्य’न्त्रपू’र्वक तल फ्याँ’केका थिए।

बच्चाहरुको पिताको नाम झांग हो। उनले आफ्नी प्रेमिकालाई खुसी पार्नको लागि बच्चाहरुलाई तल फ्याँ’केका थिए।

झांग र चेनले २०१७ मा बिहे गरेका थिए। त्यसपछि उनीहरुले २०१८ मा छोरी र २०१९ मा छोरा जन्माएका थिए।

२०१९ मा झांगले चेनसँग स’म्बन्धवि’च्छेदको लागि निवेदन दिए। उनको अर्की महिलासँग स’म्बन्ध थियो। झांगले प्रेमिकासँग आफू विवाहित भएको कुरा लुकाए।

अगष्टमा उनी प्रेमिकासँग बस्न थाले। २०१९ को अन्त्यमा भने प्रेमिकाले झांगका छोराछोरी भएको थाहा पाइन् तर झांगसँग बस्न जारी राखिन्।

२०२० को फेब्रुअरीमा झांग र चेनले सहमतिमै स’म्बनधवि’च्छेद गरे।

उनीहरुबीच ६ वर्षको उमेरसम्म आफ्ना छोराछोरीलाई साथमा हुर्काउने सहमति भयो। तर, यो कुरा झांगकी प्रमिकालाई मन परेको थिएन।

पे्रमिकालाई खुसी पार्नको लागि झांगले आफ्ना दुवै बच्चालाई बिल्डिङबाट तल फ्याँ’किदिए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button