आफैले बनाएको घर छोड्न रहर कसलाई हुन्छ र ? तर अपमान सहेर बस्ने कुरा पनि भएन

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।

कमीकमजोरी हटाएर शुद्धीकरण गरि पार्टीलाई नयाँ ढंगले बढाउने कुरामा आफुहरु लागेको उनको भनाई छ ।

पार्टी जोगाउने जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उनले त्यसैका लागि पार्टी भित्र संघर्ष गरेको बताए ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार बिहान पुष्पलाल स्मृति पार्क चम्पादेवीमा भएको कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।

उनले भने, सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्न सक्नुपर्छ त्यो आँट र शाहस चाहिन्छ । पार्टी भित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनुपर्छ ।’

उनले आफ्नो घर छोडेर जाने रहर कसैलाई पनि नहुने बताएका छन् । तर अपमान सहेर बस्न पनि कठिन हुने उनको भनाई छ ।

आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन उनले भने। उनले नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् ।

गलत कुरालाई सहेर बसेमा दास प्रवृत्ति मौलाउने भएकाले आफुहरुले विद्रोह गरेको उनले बताए । उनले भने, ‘कम्युनिष्ट दास हुन सक्दैन। अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन।

त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नुपर्छ । हावादारी कुरोले केही परिवर्तन हुने वाला छैन । आन्दोलनलाई नयाँ हिसाबले लैजानुपर्छ । कम्युनिष्ट पार्टीको काँधमा ठूलो दायित्व आएको छ।’

मोवाइल चार्ज गर्ने विषयमा सल्यानमा दुई दाई भाईको विवाद, मुडी हा न्दा भाईको निधन

मोवाइल चार्ज गर्ने विषयमा दाजु भाईको विवाद हुँदा भाईको निधन भएको छ ।

दुई दाजु भाईबीचको विवादमा दाईका कारण भाईको निधन भएको हो । सल्यान कुपिण्डे नगरपालिका ५ खैरागारमा दुई दाजुभाई मोवाइल चार्ज गर्ने विषयमा विवाद गरेका हुन् ।

विवादका बीच १४ वर्षका दाई कपिल परियारले भाई १३ वर्षका सन्दीप परियारको ज्यान लिएका हुन् ।

दाईलाई प्रहरीले पक्राउ गरेको छ ।

दुवै नाबालक भएकाले सोही अनुसार दाईलाई कारवाही हुने प्रहरीले जनाएको छ ।

मोवाइल चार्ज गर्ने विषयमा दाईले भाईलाई मुडीले हा ने का थिए । भाईको क ञ्च टमा चो ट लागेका कारण निधन भएको हो ।

दुई बालकले आपसी झ ग डा गर्दा भाइ सन्दीपको निधन भएको र दाईलाई पकाउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

सन्दीप र कपिलबीच मंगलबार साँझ विवाद भएको थियो । घटना पछि वे हो स भएका भाईलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बुधवार निधन भएको हो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button