आज यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले वर्षाका कारण पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

महाशाखाले आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । आज बिहान देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ का केहि र बाकी प्रदेशका एक(दुई स्थानहरुमा हल्का  देखि मध्यम वर्षा भैरहेको छ।

यस्तै, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विर्तामोडका खोप तस्करलाई कडा कार्वाही गर्न माओवादी केन्द्रको माग

झापाको विर्तामोड नगरपालिकामा खोप तस्करी गर्ने माथि कडा कार्वाही गर्न नेकपा (माओवादी  केन्द्र) नगर समितिले माग गरेको छ।

शुक्रबार विर्तामोड नगरपालिकाको एक निजी होटलमा  कोभिड १९ विरुद्धको खोप लुकाइराखेको अवस्थामा नगरपालिकाका कोभिड फोकल पर्सन पक्राउ परेका थिए।

माओवादीका विर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाद्वारा संयुक्त रुपमा हस्ताक्षरित  विज्ञप्तिमा भनिएको छ, घटनाको निष्पक्ष छानबिन गरि दोषी उपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न विर्तामोड नगरपालिका समक्ष जोडदार माग गर्दछौँ ।

मिति २०७८/०४/१५ गते बिर्तामोड स्थित एक होटलमा बिर्तामोड नगरपालिकाका कोभिड १९ फोकल पर्सन खोप सहित संदिग्ध रुपमा पक्राउ पर्नुले नगरपालिका नागरिकको स्वास्थ्यको मामिलामा अत्यन्तै गैरजिम्मेवार रहेको पुष्टि भएको  विज्ञप्तिमा उल्लेख छ।

माओवादी केन्द्रले यसअघि अस्पतालको ठेक्का प्रक्रियामा समेत अनियमिततामा संलग्न भनिएको व्यक्ति पुन स् यस खालको गतिविधिमा संलग्न देखिएकोमा कडा आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, कतै सिङ्गो स्थानीय सरकार नै संगठित रुपमा यस्ता अनियमितता र कुकर्मको संरक्षणमा त छैन ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

विज्ञप्तिमा घटनालाई ढाकछोप गर्ने, उन्मुक्ति दिने र बिभिन्न बहानाबाजीमा आसेपासेको संरक्षण गर्ने प्रवृत्तिको विरुद्धमा  जनदबाब सृजना गर्न, खबरदारी गर्न र जागै बस्न सम्पुर्ण नगरवासीलाई अपिल गरिएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button