आज प्रकाशको जन्मदिन परेकोमा पत्नी बिना मगरले लेखिन मन छुने भावुक स्टाटस ‘मेरो जीवन तिम्रो सपनाकै निम्ति खर्चनेछु’

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका लागि आजको दिन खुसी र पीडा संगै लिएर आउँछ । किनकी ४० वर्ष पहिला आजकै दिन उनीहरुको जिवनमा खुसी आएको दिन थियो ।

सीताले छोराका रुपमा प्रकाश दाहाललाई जन्मदिएकी थिइन् । तर आज उनी यो संसारमा छैनन् । आजको दिन सम्झँदा पक्कै पनि उनीहरुको मनमा आज भने पीडाको अनुभव हुन्छ ।

प्रकाशको जन्मदिनमा उनकी पत्नी बिना मगरले एक भावुक स्टाटस लेखेकी छन् । छोराले प्रकाशलाई श्रद्धाञ्जली स्वरुप पुष्प चढाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै उनले निकै भावुक शब्द लेखेकी छन्, बिनाले लेखेको स्टटास यस्तो छ प्रिय प्रकाश, तिम्रो जन्मदिन मेरो निम्ति सधै गह्रौं पहाड बनेर आउँछ। संगै साचेको खुसिको प्याला आज मुटु जलाई जान्छ।

चौतर्फी प्रहार अनि चुनौतीमाझ संगालेको खुसी लिई मुस्कुराउन नपाई पोखिएको देख्दा मन भक्कानिएर आउँछ। तिम्रो सपना मेरा लागि सधैं अविस्मरणीय र चीरस्थायी हुनेछ।

मेरो जीवन तिम्रो सपनाकै निम्ति खर्चनेछु।तिमीसँगको हरेक पल मेरो जीवनको प्रेरणा हुनेछ, हार्दिक श्रद्धासुमन प्रकाश १ प्रकाश दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालका एकमात्र छोरा थिए । उनले आफ्ना बुबा प्रचण्ड प्रधानमन्त्री हुदाँ वा नहुदाँ स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

खतरनाक मानिएको कालो ढुंसीका बिरामी नेपालमा पनि बढ्दै, कति जना छन् संक्रमित ?

खतरनाक मानिएको काला ढुंसीका संक्रमित नेपालमा पनि बढ्दै गएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २६ जनामा यो संक्रमण पुष्टि भएको छ । अस्पतालमा उपचारका लागि पुगेकाहरुको मात्र संख्या हो यो ।

त्रिवि शिक्षण अस्पतालमा मात्रै १३ जना कालो ढुसीका बिरामी उपचारका लागि भर्ना भएको अस्पताल स्रोतले जनाएको छ । भर्ना भएका मध्ये दुईजनाको अवस्था गम्भिर रहेको छ । समयमै अस्पतालमा नपुग्दा धेरैजना बिरामीमा जटिलता हुनसक्ने र आँखा नै नदेख्ने हुने गरेको चिकित्सकहरुको भनाई छ ।

कालो ढुसी भएका १ जनाले ज्यान गुमाएका छन् भने दुईजनाको आँखा निकालिएको छ । शिक्षण अस्पताल महाराजगञ्जामा उपचार गराएका दुई जनाको आँखा निकालिएको हो ।

जसमध्य एक जना नेपालगन्जका र अर्का विरगञ्जका हुन् । आँखा निकालिएकामा एक जना महिला र पुरुष छन् । उनीहरुको एउटा एउटा आँखा निकालिएको हो । कालो ढुसीका बिरामीलाई दिइने एम्फोटेरिसिन बी नामको औषधिको अहिले अभाव देखिएको छ ।

ए म्फो टेरिसिन बीलाई भारतले निर्यात प्रतिबन्धित औषधिको सूचीमा राखेको छ । स्वास्थ्य मन्त्रालयले कालो ढुसीका बिरामीका लागि भन्दै विश्व स्वास्थ्य संगठनसँग ३ हजार भाइल पठाउन आग्रह गरेको थियो । तर, सहजरुपमा उपलब्ध नभएको भन्दै डब्लुएचओले जवाफ दिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button