आजै मन्त्रीमण्डललाई पुर्णता दिँदै देउवा, टुंगो लागेका मन्त्रीका नाम यस्तो छ

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रीमण्डललाई पुर्णता दिने भएका छन् ।

मन्त्रीको नाम टुंगो लगाउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड देउवालाई भेट्न गएका थिए ।

उनीहरुबीच भएको छलफलमा आजै सरकारलाई पूर्णता दिने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ।देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले माओवादी र जसपालाई चाँडो सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए।

काँग्रेसमा संस्थापनबाट सचेतक पुष्पा भुसाल, डा। नारायण खड्का, डा। डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्मासहितका नेताहरूले मन्त्रीका लागि दाबी गरेका छन् ।

यस्तै पौडेल पक्षबाट, सुजाता कोइराला, दिलेन्द्र बडू मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीले लबिङ गरिरहेका छन् । सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मन्त्री बन्ने लाइनमा देखिन्छन् ।

यता माओवादीबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, लगायतले लबिङ गरिरहेका छन् ।

काँग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालयमा दाबी गरेको छ । यस्तै माओवादी केन्द्रले सात र जसपाले ६ मन्त्रालय पाउनुपर्ने अडान राखेको बुझिएको छ । ​एमालेका वरिष्ठ नेता माधव नेपालले केही दिन आफ्नो पक्षमा नाममा मन्त्रालय बाँकी राखिदिन आग्रह गरेका छन् ।

जसपाले मन्त्री बन्नेहरुका नाम दिन सकेको छैन ।

बेच्ने अर्थमन्त्री, किन्ने स्वास्थ्य मन्त्री !

माओवादी लडाकुहरूका निम्ति खरिद गरिएको अस्पताल सञ्चालन गर्न नसकेपछि बिक्री गर्ने र उक्त अस्पताल सावाँका सावाँमा खरिद गर्ने व्यक्ति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक साथ समेटिएका छन् ।

२०६३ सालमा खुला राजनीतिमा आएपछि लडाकुहरूको उपचार तथा रोजगारीका निम्ति भन्दै नेता जनार्दन शर्मा प्रभाकरको अगुवाइमा बालाजुस्थित ‘जनमैत्री अस्पताल’ खरिद गरिएको थियो ।

पहिले नारायण बजाज नामक मारवाडी व्यापारीको नाममा रहेको अस्पताललाई जनार्दन शर्माको टोलीले खरिद गरेपछि ‘जनमैत्री’ नामाकरण गरिएको थियो ।

अस्पतालको नाम परिवर्तन गरेसँगै माओवादीले अस्पताल धितो राखी बैङ्कसँग ऋण लिने प्रक्रिया अगाडि बढाएको थियो । तर लडाकुद्वारा सञ्चालित अस्पताल भएकोले बैङ्कहरू ऋण उपलब्ध गराउन मञ्जुर भएका थिएनन् ।

२०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री भएपछि उनकै दबाबमा अठ्ठाईस (२८) करोड रुपैयाँ ऋण उपलब्ध गराउन बैङ्कलाई बाध्य पारिएको थियो ।

हिमालयन बैंकको नेतृत्वमा इन्भेस्टमेन्ट, राष्ट्रिय बाणिज्य बैङ्क, ग्लोबल र सिटिजनलगायत आठ वटा बैङ्कको ‘कन्सोर्टिएम’बाट ऋण दिलाउन त्यसबेला बाबुराम भट्टराईको दबाबमा नेपाल राष्ट्र बैङ्कलाई आफ्नो निर्देशिका बदल्न बाध्य पारिएको थियो । दीपेन्द्रबहादुर क्षेत्रीलाई गभर्नर बनाएर उनीमार्फत निर्देशिका बदलिएको थियो ।

‘प्राथमिकता क्षेत्र’ भनेर बढीमा पच्चीस लाखसम्म ऋण उपलब्ध गराउन सक्ने व्यवस्था राष्ट्र बैङ्क निर्देशिकाले गरेको भए पनि जनमैत्री अस्पताललाई ‘प्राथमिकता क्षेत्र’मा पारेर अठ्ठाइस करोड रुपैयाँ उपलब्ध गराइएको थियो । ‘जनमैत्री अस्पताल’बाहेक अन्य कसैले पनि त्यस किसिमको विशिष्ट सुविधा पाउन सकेका छैनन् ।

यसरी राष्ट्र बैङ्कको निर्देशिका नै परिवर्तन गरेर अठ्ठाइस करोड रुपैयाँ ऋण प्राप्त गर्न सफल भए पनि माओवादीको टीम अस्पताल सञ्चालन गर्न सफल भएन ।

बाह्र वर्षदेखि बैङ्कहरूले ब्याज पाउन सकेनन् र, माओवादीलाई कालो सूचीमा राखि अस्पताल लिलाम गराउने ‘हिम्मत जुटाउन’ पनि बैङ्कहरूले सकेनन् । बाह्र वर्षमा बैङ्कहरूको ब्याज थपिएर ऋण करिव डेढ अर्ब रुपैयाँ पुगिसकेको थियो ।

केही साताअघि बैङ्कको साँवा रकम अठ्ठाइस करोड बुझाएर उमेश श्रेष्ठले जनमैत्री अस्पताल आफ्नो नाममा ल्याएका छन् ।

सर्वसाधारण जनतालाई सहुलियत दिनुपर्ने भएमा बैंकहरूले कम्तिमा सावाँको दोब्बर रकम लिएर सम्पत्ती नामसारी गर्दछन् । तर उमेश श्रेष्ठले ब्याज बापत एक रुपैयाँ नबुझाई आफ्नो नाममा अस्पताल ल्याउने सफलता पाएका छन् ।

बालाजुस्थित उक्त अस्पताल बिक्री गर्ने जनार्दन शर्मा यतिबेला अर्थमन्त्री छन् भने खरिदकर्ता उमेश श्रेष्ठले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

अबका केही वर्ष शिक्षा व्यापारभन्दा स्वास्थ्यको व्यापार चम्कने देखिएपछि प्रथम महिलासँगको सल्लाहमा उमेश श्रेष्ठले जनमैत्री अस्पताल खरिद गरेको बुझिएको छ ।

श्रेष्ठले खरिद गरेलगत्तै अस्पताललाई चर्चामा ल्याउन केही व्यक्तिले कोरोनाको निःशुल्क उपचार हुने भनी ब्यापक प्रचारप्रसार गरेका थिए । अब स्वास्थ्य क्षेत्रमा बलियो नेटवर्क बनाएर काम गर्ने योजनामा जनमैत्री अस्पतालका मालिक एवम् स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button