आँप किन्दा के कुरामा ध्यान दिने ?

अहिले बजारमा आँपको सिजन चलेको छ । हामी बजारबाट खान योग्य पाकेका आँप किनेर खाने गर्छौं । देशका विभिन्न ठाउँबाट आउने भिन्दाभिन्दै प्रजातिका आँपले काठमाडौंको बजार ढाकेको छ । तर यस्ता आँप उपभोगका लागि सुरक्षित छन् त ?

सामान्यतयाः हामीले खाने फलफूलहरु दुई प्रकारका हुन्छन् । एउटा बोटमै फलेपछि टिप्ने र अर्को काँचैमा टिपेर पकाउने खालको ।

बजारको लागि टाढा लैजानुपर्ने भएकोले आँप काँचैमा टिपेर पकाउने गरिन्छ । टाढा टाढासम्म लैजानुपर्ने भएकोले संसारभरि चल्ने कुरा हो ।

आँप लगायत फलफूल पकाउनको लागि विषादीको प्रयोग गरिँदैन । यद्यपि रोग फैलिन नदिनका लागि केही विषादीहरु प्रयोग हुन सक्छन् ।

फलफूल पकाउनको लागि रासायनिक विषादीभन्दा इथिलिङ नामक हर्मोनको प्रयोग गर्ने गरिन्छ । यसले गर्दा फलफूल छिटो पाक्ने गर्छ । इथिलिङ तोकिएको डोजमा प्रयोग गरियो भने यो मानव स्वास्थ्यको लागि खतरनाक हुँदैन ।

यो एक केमिकल हो । यसलाई विश्वका कुनै पनि प्रयोगशालाले विषादी मानेको छैन । तर यसको प्रयोग पनि निश्चित डोजभन्दा धेरै गरियो वा छिटो पकाउने होडमा धेरै मात्रा राखियो भने फेरि यो आफैँमा घातक हुन सक्छ ।

फलफूललाई छिटो पकाउनको लागि प्रयोग गरिने अर्को रसायन हो कार्बाइक । कार्बाइक इथिलिङभन्दा तुलनात्मक रुपमा बढी हानिकारक हुन्छ । यसलाई पनि इथिलिङको अर्को रुप मानिन्छ ।

यो एक किसिमको धुलो हो । यसको यति किलो आँपमा यति हाल्ने भन्ने हुन्छ । तर व्यापारीले छिटो पकाउने होडमा डोज बढाइदिन सक्छन् । त्यस्तो भयो भने यसले असर गर्छ । तर यति हुँदाहुँदै पनि विषादीले जस्तो यसले असर भने धेरै गर्दैन ।

घरमै आँप पकाएर खानु उपयुक्त

रामकृष्ण सुवेदी

बजारमा बिक्री हुने आँपमा तोकिएको डोजभन्दा धेरै मात्रामा इथिलिङ प्रयोग गरिएको छ कि छैन ? भन्ने कुरा प्रयोगशालाबाट मात्रै थाहा हुन्छ । आँप हेरेर त्यो थाहा नहुने भएकोले काँचो आँप घरमै पकाएर खानु उपयुक्त हुन्छ ।

तर सामान्यतया हामीले पाकेको आँप वा अन्य फलफूल पनि ल्याउँदा एकै रातमा धेरै गल्यो भने त्यसमा कार्बाइडको मात्रा बढी छ भनेर अनुमान लगाउन सक्छौं ।

आँपको गुणस्तरमा हार्भेस्टिङदेखि ढुवानी र भण्डारणको व्यवस्थासम्मले असर गर्छ । त्यस्ता फलफूलहरु टिप्दा नै घाउचोट नलाग्नेगरी टिप्नुपर्छ । हार्भेस्टिङको समय मिलाएर टिपिएको छ भने कुनैपनि रसायन विना नै आँप पकाउन सकिन्छ ।

तर व्यवसाय गर्नेहरुले यसमा धैर्य अपनाउन नसक्दा यस्ता रसायन प्रयोग हुने गर्छन् । तर ४/५ दिनसम्म तातो ठाउँमा बफ्याएर राख्ने हो भने कुनै रसायनको प्रयोग नगरी आँप पकाउन सकिन्छ ।

छिप्पिएको आँपलाई घरमा ल्याएर एउटा भाँडामा दुई वटा पाकेको आँपसँग राखिदिने हो भने दुई/तीन दिनमा यो आँप आफैँ पाक्ने गर्छ । तर बजारमा पाकेको आँप किन्दा त्यसमा इथिलिङ वा कार्बाइकको बढी डोज भएको आँप पर्ने सम्भावना हुन्छ ।

घरमा आँप पकाउँदा विभिन्न विधि अपनाउन सकिन्छ । पाकेको आँपसँग काँचो आप राख्ने वा हल्का नुनपानीमा डुबाएर केहीबेरपछि तातो ठाउँमा राखेर पनि सजिलै आँप पकाउन सकिन्छ ।

बजारमा आँप किन्दा के-के कुरामा ध्यान दिने ?

बजारमा आँप किन्दा सकेसम्म खुला ठाउँमा राखिएको आँप किन्नु उपयुक्त हुन्छ । कार्टुनमा राखेको आँपमा यदि इथिलिङको मात्रा बढी छ भने त्यसले असर गर्न सक्छ । तर खुला ठाउँमा रहेको आँप किन्दा त्यसले समस्या सिर्जना गर्दैन ।

आँप किन्दा सकेसम्म काँचो किन्नुहोस्, ताकि घरमा लगेर आफैँले पकाउन सकियोस् ।

उपभोक्ताले बढी पाकेको आँप खोज्छन् । त्यसले गर्दा पनि व्यवसायीहरुले त्यस्ता रसायनको प्रयोग गर्ने गर्छन् । तर आँप खाने बेलामा उपभोक्ताले केही धैर्य अपनाउने हो भने गुणस्तरीय हिसाबले आफ्नै घरमा आँप पकाएर खान सकिन्छ ।

जस्तो एकै ठाउँमा आँप राख्ने कन्जस्टेड गरेर राख्नु हुन्न । यस्तो गर्न सकियो भने बजारमा रहेका आँपलाई हामी सुरक्षित ढंगले खान सक्छौं ।

(प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत सुवेदीसँग गरिएको कुराकानीमा आधारित ।)

गर्भावस्थामा कुपोषणको जोखिम

बच्चा जन्मेलगत्तै कुपोषणको नराम्रो असर आमा र बच्चा दुवैमा पर्छ । गर्भावस्थाको क्रममा र त्यसपछि हुने कुपोषण बच्चाको लागि घातक हुन सक्छ ।

स्तनपान यसको सबैभन्दा पहिलो र मुख्य कारण हो । बच्चालाई दुध पिलाउने आमालाई दैनिक कम्तीमा पनि दैनिक १००० क्यालोरी उर्जाको आवश्यकता हुन्छ । धेरै महिलाहरुलाई यसबारेमा थाहा हुँदैन त्यसै कारण उनीहरु डिहाइड्रेशन, भिटामिन वा मिनरल्सको कमी र कहिलेकाँही रगतको कमीको पनि शिकार हुन्छन् ।

बच्चाको जन्मभन्दा पहिले र पछि भिटामिनको सेवन गर्नु धेरै आवश्यक छ । फोलिक एसिड पानीमा घुलेर शरीरबाट बाहिर निस्कन्छ । जस कारण धेरै जसो बच्चा जन्मिएपछि महिलाहरु फोलिक एसिडको कमीको कारण एनिमियाबाट ग्रस्त हुन्छन् । त्यसैले फोलिक एसिडयुक्त खानेकुराहरु जस्तै हरियो सागसब्जी, सुन्तला, कागती जस्ता खानेकुरा खानुपर्छ ।

गर्भवती महिलाहरुमा कुपोषणको नराम्रो असर उनीहरुको पेटमा बढीरहेका बच्चामा पर्छ । बच्चाको विकास ठिक ढंगले हुँदैन र जन्मको समयमा उनीहरुको तौल सामान्यभन्दा कम हुन्छ ।

गर्भावस्थाको क्रममा कुपोषण र जन्मको समय कम तौलको नराम्रो असर बच्चामा पर्छ जसको विभिन्न परिणामहरु हुन सक्छन् । यदि गर्भावस्थाको क्रममा आमालाई पोषणको कमी भएको छ भने बच्चाले आफ्नो जीवनमा निम्न रोगहरुको सामना गर्नुपर्छ

बच्चालाई अस्टियोपोरोसिस, क्रोनिक किड्नी फेल्यर, मुटुरोग, टाइप २ मधुमेह, फोक्सोको रोग आदि लाग्ने समस्या हुन्छ ।

यदि गर्भावस्थाको क्रममा आमामा पोषणको कमी छ भने यो घातक पनि हुन सक्छ । यस बाहेक बच्चाको जन्म समयभन्दा अगाडि हुनु, गर्भपात जस्ता समस्याहरु हुन सक्छ ।

महिलाहरुमा अरु पनि धेरै समस्याहरु हुन्छन् जस्तै संक्रमण, एनिमिया अर्थात रगतको कमी उत्पादकतामा कमी सुस्टी र कमजोरी आदी

कुपोषणलाई सन्तुलिन आहारको सेवनबाट रोक्न सकिन्छ । महिलाहरुलाई गर्भावस्थाको क्रममा पर्याप्त मात्रामा फलफूm, सागसब्जी, पानी, फाइबर, प्रोटिन, बोसो एवम् कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ ।

पोषण सम्बन्धी आवश्यकता

आइरन

शरीरमा हेमोग्लोबिन बनाउनको लागि आइरन धेरै आवश्यक छ । हेमोग्लोबिन रातो रक्तकोषहरुमा पाइन्छ जसले पुरै शरीरिमा अक्सिजन पुर्याउँछ । यदि हाम्रो शरीरमा रातो रक्तकोषहरुको कमी भएमा सबै अंगसम्म अक्जिसन पर्याप्त मात्रामा पुग्दैन ।

तपाईं आइरनको सेवन ठिकसँग गर्नुहुन्न भने विस्तारै विस्तारै हेमोग्लोबिनको कमी हुन थाल्छ र तपाईं एनिमिक हुनुहुन्छ । तपाई आफ्नो शरीरमा उर्जाको कमी महसुस गर्नुहुन्छ । तपाईंको शरीरमा रोगसँग लड्ने तागत हुँदैन ।

बच्चालाई जन्म दिए पछि धेरै जसो महिलाहरु थकान र कमजोरी महसुस गर्छन् । यस्तोमा उनीहरले आइरनयुक्त खानेकुराको सेवन गर्नुपर्छ । बच्चाको जन्मको क्रममा महिलाहरुको धेरै रक्तश्राव हुन्छ र यसैकारणले रगतको कमी हुन्छ त्यसैले आफ्नो आहारमा पर्याप्त मात्रामा आइरन समावेश गर्नुहोस् ।

ग्लुकोज

शरीरमा आइरनको सही अवशोषणको लागि ग्लूकोज पनि धेरै महत्वपूर्ण छ । यसले आइरनलाई तिव्र रुपमा अवशोषण हुनुको साथसाथै शरीरलाई उर्जा पनि मिल्छ ।

बच्चाको जन्म पछि धेरै महिलाहरु एकदम आफ्नो तौल कम गर्न चाहन्छन् । जुन कारणले उचित आहारको सेवन गर्न पाउँदैनन् । यो हानीकारक हुन सक्छ । स्तनपान गराउनाले तौल आँफै कम हुन्छ ।

जबकी स्तनपान गाउने आमालाई दैनिक ३०० अतिरिक्त क्यालोरी को आवश्यकता हुन्छ ।

यसैले सन्तुलित आहारको साथसाथै व्यायाम गर्नुहोस् र अतिरिक्त क्यालोरीको सेवनबाट बँच्नुहोस् । यदि नर्मल डेलिभरी भयो भने तपाईं बच्चालाई जन्म दिएको केही समयपछि हल्का व्यायाम सुरु गर्न सक्नुहुन्छ । तर, सी सेक्सन पनि ६ सातासम्म व्यायाम गर्नुहुन्न ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button