असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको हो ।

समितिको बैठकमा मन्त्रालयका सहसचिव गंगा लोहनीले जनाएअनुसार मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको छ ।

यद्यपि भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले यसलाई अगाडि वा पछाडि धकेल्नसक्ने उनले जनाए ।

दुग्ध क्षेत्रमा संलग्नलाई खोप दिन माग

दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदुरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् ।

सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।


एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदूर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो ।

“दुग्ध व्यवसाय अति संवेदनशील अत्यावश्यक वस्तुभित्र रहेको र दैनिक जोखिम मोल्दै अग्रपङ्क्तिमा रही बजारलगायत भीडभाडमा काम गर्नुपर्ने हुन्छ ।  पहिलो प्राथमिकता दिइ खोप उपलब्ध गराई सहज वातावरण बनाउनु हुन अनुरोध गरिन्छ ।” विज्ञप्तिमा भनिएको छ ।

एसोसिएसनका महासचिव प्रह्लाद  दाहालले सरकारले अत्यावश्यक क्षेत्रका रुपमा राखिएका अन्य क्षेत्रका व्यवसायी तथा मजदूरलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराए तापनि दुग्ध क्षेत्रलाई नदिइएको बताए

पछिल्लो समय कोरोना सङ्क्रमितका सङ्ख्यामा वृद्धि भएको जनाउँदै तत्काल दुग्ध क्षेत्रका संलग्नलाई खोप उपलब्ध गराउन उनले माग राखे । यस क्षेत्रमा करीब पाँच लाख ५० हजार मात्रा  खोप आवश्यक रहेको बताइएको छ ।  

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button