अर्घाखाँचीमा जिप दुर्घटना, एक जना घाइते

 शुक्रबार अर्घाखाँचीमा जिप दुर्घटना भएको छ ।  दुर्घटनामा परि एकजना घाइते भएका छन् । सालझण्डीबाट सन्धिखर्क आउँदै गरेको लु २ च १८९७ नम्वरको जिप पाणेनी गाउँपालिका २ रजौसा भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सन्धिखर्क सूचना अधिकृत प्रहरी निरिक्षक सुजन शाहले जानकारी दिए ।

जिपमा सवार जम्मा ३ जना थिए ।  त्यसमध्ये छत्रदेव गाउँपालिका ८ घर भएका ३७ वर्षीय चालक वसन्त श्रेष्ठ घाइते भएको  बताइएको छ । अरु दुई जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्छ । दुर्घटनाको कारण र अन्य विवरण खुलिसकेको छैन । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button