अर्को कास्टिङ बुटवल र विराटनगरमा गर्दैछौं : प्रधानमन्त्री ओली

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी र प्रदेश नम्बर १ मा पनि सभा गर्ने बताएका छन्।

फागुन १ गते बुटवल र ८ गते विराटनगरमा सभा हुने प्रधानमन्त्री ओलीले बताए। आज काठमाडौं दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले काठमाडौं बाहिर पनि सभा हुने बताएका हुन्।

‘अर्को कास्टिङ हामी बुटवलमा गर्दैछौं,’ उनले भने, ‘१ गते बुटवल र ८ गते विराटनगरमा अर्को सभा हुनेछ। म हाम्रा आलोचक मित्रहरूलाई मन थामेर बस्न आग्रह गर्दछु।’  

प्रधानमन्त्री ओलीले आजको सभा इतिहासकै ठूलो भएको पनि दाबी गरेका थिए।

उनले देश बनाउन अब कसैले रोक्न नसक्ने पनि बताएका छन्।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button