अमेरिकामा नेपाली युवकको मृत्यु

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ । जुलाई २७ का दिन पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो ।

पाँच बर्षअघि मात्र अमेरिका आएका लम्साल अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए ।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको गैरआवासीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पाले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।

वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।

सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले सङ्क्रमित भएपछि शनिबार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा १० दिन अघिसम्म पनि सङ्क्रमण घट्दो दरमा थियो । एक हप्तायता पुनः सङ्क्रमण बढ्न थालेको उहाँले बताउनुभयो ।

खैजनपुरमा सङ्क्रमण पुनः बढ्न थालेका कारण आज बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पिसिआर र एन्टिजेन परीक्षण शुरु गर्न लागिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताउनुभयो ।

सङ्क्रमण फैलन थालेपछि खैजनपुरका दक्षिण–पूर्वको भूभाग जोगीदहसम्म र पश्चिम भुल्केसम्म र उत्तर त्रियुगा नदी किनारसम्मको क्षेत्रमा सिल गरिएको छ ।

\गाउँ सिल गरेसँगै बिहान ७ देखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुका सामान्य पसल खोल्न अनुमति प्रदान गरिएको र सो समयबाहेकका समय पूर्णरूपमा लकडाउन गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

१२ वर्षीया बालिकाले बच्चा जन्माएर झाडीमा फ्याँ’केपछि…

सुन्दैमा अपत्यारिलो तथा कहालीलाग्दो घटना चीनमा भएको छ । जसले मानवतालाई नै लज्जित बनाएको छ । यो मामिलामा कसलाई दोष दिने ? जवाफ दिन गाह्रो छ ।

चीनको यिबिन सहरमा एक १२ वर्षीया बालिकाले बच्चा जन्माइन् अनि जन्माएको बच्चालाई झा’डीमा फ्याँ’किन् ।

ती १२ वर्षे बालिका असहाय थिइन् । उनलाई बाबु–आमाले छाडेका थिए । स्थानीय पुलिसका अनुसार बालिकाको त्यहीँ अवस्थाको कसैले फाइदा उठायो र उनलाई कर णी गरी गर्भवती बनायो ।

यसरी कर णी भएपछि गर्भ रहन्छ र बच्चा जन्मिन्छ भन्ने कुरा बालिकालाई थाहा थिएन, त्यसैले उनले आफुलाई कसैले कर णी गरेको कुरा कसैलाई भनिनन् ।

अन्ततः ५ कक्षामा पढ्ने ती बालिकाले बच्चा जन्माइन् र कसैलाई पनि नभनीकन झा’डीमा फ्याँ’किन् । तर केही मानिसले त्यो बच्चा देखे । बच्चालाई तत्कालै अस्पताल लगियो । पुलिसले बच्चाको आमाको खोजी गर्यो ।

अन्ततः ती १२ वर्षे बालिकाले बच्चा जन्माएको पत्ता लाग्यो ।

समाचार अनुसार, सहरका मानिसहरुले उक्त बच्चाको उपचारका लागि धनदान गरिरहेका छन् । आमा र बच्चा दुबै स्वस्थ भएसँगै उनीहरुलाई अनाथाश्रम पठाइनेछ । यी बालिका आमालाई कसले गर्भवती बनाएको हो भन्ने कुराको खोजी पुलिसले गरिरहेको जनाएको छ ।

स्मरण रहोस्, चीनमा झण्डै ९० लाख बालबालिकालाई उनका बुवाआमाले छाडेका छन् । बुवाआमा जागिरको खोजीमा अन्यत्र जाँदा बालबालिका असहाय हुने गरेका छन् ।

कतिपय बच्चालाई घरका अन्य सदस्यले पालेका हुन्छन् त कतिपय असहाय नै हुन्छन् । एजेन्सी

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button