अभिनेत्री केकीले किन गरिन् कपाल मुन्डन ?

अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गराएकी छन् । आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको केही भिडियोमा उनको कपाल मुन्डन गरिएको देख्न सकिन्छ ।

कपाल मुन्डनको केही भिडियो उनले सार्वजनिक गरेकी हुन् । पहिलो भिडियोमा उनले लेखेकी छिन्, ‘चेञ्ज इज ब्यूटिफूल,बाल्ड इज ब्यूटिफूल । अर्काे ए भिडियोमा उनले युवतीहरू कपाल मुन्डन पछि झन् बोल्ड देखिने आशय राखेकी छन् ।

अभिनेत्री केकी अहिले फिल्म बोक्सीको घर अभिनयरत छिन् । नाटक बोक्सीको घरमा आधारित रहेर फिल्म निर्माण हुन लागेको हो । नाटक भने मण्डला थिएटरमा केही वर्ष अगाडि मञ्चन भएको थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button