अब ४ बर्ष काठमाडौं नबस्ने प्रचण्डको घोषणा !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्रवृत्तिविरुद्ध सम्झौता गर्न नसकेपछि आफूले १९ पृष्ठको प्रतिवेदन लेखेको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिविरुद्ध आफू जेल जान र मर्न परे पनि तयार रहेर उक्त प्रतिवेदन लेखेको बताएका हुन्।

‘मैले केपी प्रवृत्तिका विरुद्ध जानीबुझी अब योसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि म फेरि जेल जान पनि तयार मर्न पनि तयार प्रहार गर्नैपर्छ भनेर १९ पृष्ठको प्रतिवेदन तयार गरेको हुँ’, उनले भने।

उनले आफूले ओली प्रवृत्तिविरुद्ध युद्धमा जाने भनेर हिंसाको कुरा नगरेको बताए। उनले अबको युद्ध शान्तिपूर्ण हुने भन्दै अहिले पनि युद्ध चलिररहेको बताए। उनले संसद विघटनविरुद्ध अभियान चलाएर आफूहरुले ब्यटल जिते पनि युद्ध जित्न बाँकी नै रहेको बताए।

उनले युद्ध भनेर अहिले हिंसात्मक युद्ध गर्ने अवस्था नरहेको जिकिर गरे। ‘युद्ध भनेर हिसाामा जाने कुरा होइन। अहिले हामीले शान्तिपूर्ण युद्ध चलिरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र, खारेज गर्ने षड्यन्त्रविरुद्ध देश व्यापी लडौँ, प्रचण्ड भने।

उनले अब फेरि आफ्नै खुट्टामा उभिने बेला आएको र त्यसका लागि देशव्यापी अभियान चलाउने तयारी पार्टीले गरिरहेको उल्लेख गरे। प्रचण्ड अब आफू काठमाडौँ कम र जनताको घरदैलोमा बढी जाने सोचमा पुगेको जानकारी दिए। ‘फेरि आफ्नै खुट्टामा उभिने बेला भएको छ।

देशव्यापी अभियान चलाउनेतिर सोचिरहेको छु, दाहालले अगाढि भने, ‘फेरि दुई चार वर्ष जनताको बीचमा जाने सोचिरहेका छु। काठमाडौँमा नबस्ने सोच बनाएको छु। हाम्रा विरुद्ध षड्यन्त्र भएको छ। हिजो सबै वर्ग तत्वका विरुद्ध लडौँ त्यसैगरी आफ्नो खुट्टामा उभिनै पर्छ।’

उनले आफ्नो उमेर बढ्दै गए पनि फेरि एकपटक लड्नुपर्ने बेला भएको बताए। दाहालले भने, ‘जनयुद्ध सुरु गर्ने बेला म ४३ बर्षको थिए। अहिले ६७ वर्षको भएँ फेरि अब एकपटक लड्छु। क्रान्ति छाड्ने वाला छैन। हामीले जित्नै पर्छ। जित्छौँ।’

प्रचण्डले जनयुद्धमा साथ दिएका पक्षलाई पार्टीले चाहिने जति ध्यान दिन नसकेको स्वीकार गरे। ‘तपार्इंहरुप्रति हाम्रो ध्यान कम गएको हो त्यसको लागि माफी चाहन्छु । अब फेरि त्यसलाई सच्याउने प्रयत्न गरिन्छ, दाहालले भने।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button