अबको पाँच वर्षमा कृषिमा आत्मनिर्भर हुन्छौं : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी आर्यालले कृषिका सबै क्षेत्रमा आत्मनिर्भर भएको घोषणा चाँडै गर्ने बताएकी छिन् ।

बिहीबार कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कृषि चौतर्फी सम्भावना भएको क्षेत्र भएको दाबी समेत गरिन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सोचले देश आत्मनिर्भरको अवस्थामा पुगेको दाबी गर्दै उनको नेतृत्वको सरकारले एकाएक फड्को मारेको दावी समेत गरिन् ।
शहर बजारमा पशुपालनका ठूला–ठूला फर्म सञ्चालन  भइरहेको बताउँदै उनले पाँच वर्षको स्थिर सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुन लागेको दाबी समेत गरिन् ।

‘पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा’ नामका कार्यक्रममा बोल्दै उनले अबको पाँच वर्षभित्र कृषिका धेरै वस्तुमा आत्मनिर्भर मात्र होइन ठूलो मात्रामा निर्यात गर्ने समेत दाबी गरिन् ।

मन्त्री अर्यालले कृषि प्रयोगशाला स्थापना गरि कृषिलाई आकर्षित गर्ने गरी आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रम ल्याउन लागेको जानकारी गराउँदै एकीकृत शिक्षाको सुरुवात गर्ने समेत बताइन् । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button