अनशनरत डा केसी बिरामी जाँच्दै


सुर्खेत, ३१ भदौ । आइतबारदेखि आमरण अनशनरत डा गोविन्द केसी मन्दिरमै बिरामी जाँच्न थालेका छन् । जुम्ला चन्दननाथ नगरपालिका ६ रानिचौरमा रहेको बाबिरा मष्टोको (थान) मन्दिर परिसरमा बसेर १९ औँ पटक सत्याग्रह सुरु गरेका डा केसी भोकभोकै बिरामी जाँच्न थालेका हुन् ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशन बसेका डा केसीले भने, ‘मेरा माग पुरा नभए बरु मर्न तयार छु । तर अनशन तोड्ने छैन । मेरो अन्तिम सास रहुन्जेल अनशनमै बिरामीको सेवा गर्छु ।’ केसी मन्दिरमा अनशन बसेको थाहा पाएपछि स्थानीयवासी त्यही पुगेर आफ्नो स्वास्थ्य समस्या देखाउन थालेका छन् ।

आफ्नो ज्यानको प्रवाह नगरी मन्दिरमा अनशनरत डा केसीले आफू भोकै बसेर नागरिकको स्वास्थ्य अवस्थाबारे देखाएको चासोप्रति स्थानीयले प्रशंसा गरेका छन् । डा केसीका समर्थकले उनको माग पूरा गर्न सरकारलाई जस्तोसुकै दबाब दिन तयार भएको बताएका छन् । नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता गर्न र सरकारको लुटतन्त्रविरुद्ध सत्याग्रह सुरु गर्नु परेको उनको भनाइ छ ।

यसअघि १६ औँ पटक जुम्लामा सत्याग्रह बस्दा २०७५ साउन १० गते आफूसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका माग राखेर डा केसीले अनसन सुरु गरेका हुन् । पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौता अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू फेरि अनशन बस्न बाध्य भएको डा केसीले बताए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button