अध्यक्ष ओली जसबाट फाइदा लिनुहुन्छ, उसैलाई ठुङ्नु हुन्छ’: घनश्याम भुसाल

एमाले नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीमा जसबाट फाइदा लियो अन्त्यमा उसैलाई ठुङ्ने प्रवृत्ति रहेको जिकिर गरेका छन् ।

उदाहरणका रुपमा नेता वामदेव गौतमलाई उल्लेख गर्दै उनले भनेका छन्, ‘आठौँ महाधिवेशनमा तपाईं पराजित भएपछि वरिष्ठ नेता बन्न तपाईंले के के गर्नुभयो त्यसको एउटा साक्षी म आफै छु । मैले हेर्दा तपाईंको एउटा खतरनाक ग्रन्थी के छ भने तपाईंले जसबाट फाइदा लिनु हुन्छ अन्त्यमा उसैलाई ठुङ्नु हुन्छ । मलाई राम्ररी थाहा छ तपाईं मसँग किन रुष्ट हुनुहुन्छ ।’

ओलीलाई बुझाएको स्पष्टीकरणमा भुसालले अगाडि भनेका छन्, ‘तपाईंले जनताको बहुदलीय जनवादको उत्तराधिकारीजस्तै भएर जे–जे गदै हुनुहुन्थ्यो हामीले तपाईको बुझाईको सतहिपनको केवल आलोचना गरेनौँ, बरु जबजलाई चुनावदेखि चुनावसम्मको गोल चक्करमा झार्ने वा सत्तामा जाने याङ्मात्रै बनाउने तपाईंहरुको व्याख्याको खण्डन गर्दै माक्र्सवादको आधारमा त्यसलाई कसरी राजनीतिक सिद्धान्त बनाउन सकिन्छ भनेर ब्याख्या ग¥यौँ ।

साथै, तपाईंको विरोध हुँदा हुँदै नवौँ महाधिवेशनले जनवादी क्रान्ति पूरा भएको र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने नयाँ कार्यदिशा समात्यो । विचार÷सिद्धान्त निर्माणको त्यस प्रक्रियामा मैले त्यसमा अगुवाई गरेँ । कमरेड मदन भण्डारीपछि पार्टीको विचारमा तपाईँले गर्दै आउनु भएको नेतृत्वको दाबी र नियन्त्रण सम्भव भएन ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button