जागिर पाएको खुसीमा नियुक्ती बुझ्न हिँडेका शाही पेट दुखेपछि यसरी मोटरसाइकल रोकेर ढलेका थिए, कहिल्यै नउठ्नेगरी अस्ताए

काठमाडौ । सरकारी जागिर भर्खरै पाएका एक सरकारी कर्मचारी नियुक्ती वुझ्न जाँदै गर्दा वाटोमा निधन भएको अवस्थामा फेला परेका छन् ।

बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृ त अवस्थामा फेला परेका हुन्। मोटरसाइकलमा जाँदै गरेका उनी बाटोमा मोटरसाइकल रोकेर वाटोको छेउमा पल्टेको अवस्थामा फेला परेका छन् ।

गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा कार्यरत कञ्चनपुरको बेदकोट नगरपालिकाका–३६ वर्षीय मीनराज भट्ट मृ त अवस्थामा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार भर्खरै नियुक्त भएका भट्ट गाउँपालिकामा नियुक्ती बुझ्न जाँदै थिए । वाटोमा जाँदै गर्दा उनले अचानक पेट दुख्यो भनेका थिए ।

पेट दुखेपछि अस्पताल जान्छु भनेर फर्केका उनी हिड्न नसकेपछि मोटरसाइकल रोकेर छेउमा पल्टेका थिए । तर उनी उठेनन् । उनी आइतबार अपरान्ह साढे ४ बजे सिगास गाउँपालिका–२ कुर्चेनेटामा मृ त भेटिएका हुन्। नियुक्ती लिन गाउँपालिका जाँदै गर्दा यो घटना भएको हो । भट्टको निधनको कारण भने खुल्न सकेको छैन।

सुत्केरीको ज्यान बचाउन सेनाको सहयोग

 पर्वतमा नेपाली सेनाले एक सुत्केरीको ज्यान बचाउन उद्दार गरेको छ । सुत्केरीपछि अत्यधिक र क्त श्रा वका कारण महिलाको ज्यान जोखिममा परेको थियो ।

वर्षाका कारण वाटो भत्किएर यातायातका साधन चल्न सकेका छैनन् । कुस्मा नगरपालिका–८ दोबिल्लाको सुन्दरे खोलामा आएको बाढीका कारण उनी अलपत्र परेकी थिइन् ।

सोही खोलामा आएको बाढीले गाडी समेत बगाएको थियो । मान्छे सहितको गाडी बगाएका कारण उनीहरुको पनि खोजी भइरहेकै बेला सुत्केरी महिला उपचारका नपाएर समस्यामा थिइन् ।

उक्त बाढीमा पनि नेपाली सेनाले भने आफैँलाई जोखिममा राखेर महिलालाई बाढीबाट तारेर थप उपचारको लागि पोखरा पठाएको छ।

जिल्लाको मोदी गाउँपालिका–२ देउपुर घर भएकी २७ वर्षिया पार्वती गिरीलाई उपचारका लागि पोखरा पठाइएको हो । उनले गए राति साढे ११ बजे पर्वत अस्पतालमा छोरा जन्माएकी थिइन्। तर, सुत्केरी भएपछि उनको स्वास्थ्यमा थप समस्या आयो ।

गए राति साढे १० बजेदेखि निरन्तर भइरहेको वर्षाका कारण सुन्दरे खोलामा आएको बाढीले इन्जिनियर र चालक रहेको गाडी नै बगाएको थियो । त्यसैले उनलाई सो खोला तारेर उपचारका लागि अस्पताल लैजाने अन्य उपाय थिएन । सेनाले जोखिम मोलेर उनलाई बोकेरै खोला तारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button