
कसरी नेकपा (एस) सबैभन्दा ठूलो पार्टी बन्यो ? एमाले चौथोमा खुम्चियो यस्तो छ हिसाव किताब
काठमाडौ । सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ । आइतबार बझाङकी समानुपातिक प्रदेश सांसद माया तामाङ बोहराले समाजवादीमा सनाखत गरेसँगै १४ पुगेको हो ।

यसअघि १३ प्रदेशसभाका सांसदले नेकपा एमाले छोड्दै नवगठित समाजवादीमा सनाखत गरेका थिए । तामाङ आएसँगै नेकपा एस १४ सांसदसहित सुदूरपश्चिम प्रदेसभामा सबैभन्दा ठूलो दल बनेको हो ।

साविकको सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दल रहेको एमाले भने १० सांसदसहित चौथो दलका रुपमा खुम्चिएको छ । एमालेबाट निर्वाचित बझाङका सांसद अर्जुन बहादुर सिंह भने हाल सभामुख रहेका छन् ।
सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्र १३ सहित दोस्रो र नेपाली कांग्रेस १२ सांसदसहित तेस्रो दल बनेको छ । जनता समाजवादी पार्टीमा सुदूरपश्चिममा २ जना सांसद रहेका छन् ।
नेकपा एस रोज्नेहरुमा सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी, तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए ।
विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने जनाएका छन् ।
सुदूरपश्चिममा विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए । उनीहरुले नेकपा एमालेमै रहने बताएका छन् ।
सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशअनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिन अर्थात २२ भदौसम्म दल रोज्न पाउने छन् । न्युज कारखाना
मन्त्री हुन मरिहत्ते गर्नुका यी चार कारण
सत्ता, शक्ति र पैसाका लागि नै नेताहरू मन्त्री बन्न तँछाडमछाड गर्छन्। मन्त्री भएपछि राज्यको ढुकुटी बाँडेर समर्थकलाई पाल्न सकिन्छ। जब नेता चुनावमा होमिन्छन्, सांसद भएपछि कसरी मन्त्री हुन पाइन्छ भन्ने उनीहरूको ध्यान केन्द्रित हुन्छ। मन्त्रीका लागि शपथ खान जाने क्रममा बाटैमा नाम कटिएको खबर भएका गण्डकी प्रदेशका सांसद दोबाटे विश्वकर्मा मानप्रतिष्ठा, इज्जतकै कारण मन्त्रीप्रति आकर्षण बढेको ठान्छन्।
‘सांसद भएपछि मन्त्री हुन्छु भन्नु स्वाभाविक नै हो। सबै आशा र विश्वास पनि हुन्छ,’ उनले भने, ‘मान प्रतिष्ठा, इज्जतकै लागि मन्त्री बन्ने चाहना हुन्छ।’ तर, नेपालमा प्रजातन्त्र आएको ७०र७२ वर्षमा सत्तामा एउटै वर्ग र समुदायको वर्चश्व छ। कांग्रेसका नेता एवं सांसद प्रकाश रसाइली दोबाटे काण्डले पनि नेपालको राजनीतिमा एउटै वर्ग र समुदायको हालीमुहाली रहेको पुष्टि हुने बताउँछन्। ‘७० वर्षमा पनि राज्यको स्रोत साधन समान वितरण भएको छैन,’ उनले भने, ‘आफ्नै वर्ग र समुदायबाहेक अरू गौण हुन्छ।’
मान प्रतिष्ठाको भोक
मन्त्रीमा मान, प्रतिष्ठा, इज्जत छ, यसले गर्दा मन्त्री बन्न लालयित हुन्छन्। अरूलाई सडकमा जाम हुन्छ तर मन्त्रीलाई हुँदैन। मन्त्री चढेको गाडी सडकमा साइरन बजाउँदै आएपछि बाटो छोडिदिनुपर्छ। ट्राफिक प्रहरीले मन्त्रीलाई पठाएर मात्रै सर्वसाधारणलाई पठाउँछ। सुख, सयल, सुविधाको उपयोग गर्न पाइन्छ। उद्घाटन, शिलान्यासमा भ्याइनभ्याइ हुन्छ। राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार मान, प्रतिष्ठा, अभिमान प्रदर्शन गर्न पनि मन्त्री पदमा पाउन नेता हत्ते गर्छन्।
अनि पैसा फल्छ
मन्त्री बनेपछि राज्यको ढुकुटी दोहन गर्न सजिलो हुन्छ। राज्यको पैसा आफ्नो तजबिजमा खर्च गर्न पाइन्छ। बजेटको भरपुर उपयोग गर्न सकिन्छ। गर्नुपर्ने नपर्ने जेमा खर्च गर्न सहज हुन्छ। राजनीतिक विश्लेषक श्रेष्ठ नेताले मन्त्री पदलाई पैसा कमाउने साधन सम्झेको बताउँछन्। उनी पैसा र पावर हात पार्न नै मन्त्री बन्न लडाइँ हुने गरेको देख्छन्। चप्पल लगाएर सिंहदरबार छिरेका कतिपयले मन्त्री भएपछि अर्बौं सम्पत्ति कमाएका छन्। चिरन्जीवी वाग्ले, खुमबहादुर खड्का, जयप्रकाश गुप्ता, रवीन्द्रनाथ शर्मा, अख्तियारले अकुत सम्पत्तिमा मुद्दा चलाएर दोषी नै करार भएका छन्।
माथि जाने भर्याङ
मन्त्रीपद नेताका लागि नेतृत्व हत्याउने साधन पनि हो। मन्त्री भएपछि सत्ता र शक्ति, पैसाको बलमा पार्टीमा शक्ति हत्याउन सहज हुन्छ। जसले मन्त्री बन्न प्रतिस्पर्धा हुन्छ।
कार्यकर्तालाई राज्यको पैसा बाँडेर पार्टीमा शक्ति आर्जन हुन्छ। राज्यका विभिन्न निकाय राजनीतिक नियुक्तका लागि राखिएका छन्। मन्त्रीले ती ठाउँमा राजनीतिक नियुक्ति गरेर आफ्नो राजनीतिक पकड बलियो बनाउन सक्छन्। कर्मचारी सरुवा, बढुवामा चलखेल गर्न सकिन्छ।
चुनावको खर्च उठाउन सहज
चुनावको खर्च उठाउन सजिलो हुने भएकाले मन्त्री बन्न लालायित हुने गरेका छन्। चुनाव प्रणाली नै महँगो छ। निर्वाचन प्रणालीकै कारण पनि सांसद बनिसकेपछि मन्त्री बन्नुपर्ने अवस्था रहेको एक सांसदले नाम नभन्ने सर्तमा बताए। ‘के गर्ने, चुनाव खर्च यति धेरै हुन्छ, चुनावको खर्च तिर्न सांसद मात्र भएर कहाँ सकिन्छ र एक पटक मन्त्री नभए त रु’ उनले भने।
पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता मो। इस्तियाक राईले सांसद भएपछि मन्त्री बन्ने चाहना र आकांक्षा सबैको हुने बताए। ‘जनताको चाहना आफ्नो क्षेत्रमा बाटो, खानेपानी, बिजुलीको व्यवस्था गरिदियोस् भन्ने हुन्छ,’ उनले भने, ‘अनि किन बन्न नखोज्ने रु त्यसका लागि त मन्त्री बन्नै पर्छ, अरू मन्त्रीसँग आफ्नो जिल्ला र क्षेत्रको विकासमा पनि बार्गेनिङ गर्नुपर्छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।



