यस्तो छ भारतविरुद्ध खेल्ने नेपालको प्लेइङ-११

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुआती टिम सार्वजनिक गरिएको छ।

नेपाली टिमको कप्तानी गोलकिपर किरणकुमार लिम्बूले गर्नेछन्।

नेपाली टिम

गोलकिपर : किरणकुमार लिम्बु (कप्तान)

डिफेन्डर : सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डर : तेज तामाङ, पुजन उपरकोटी, सुमन लामा, आयुष घलान, अन्जन विष्ट

फरवार्ड : नवयुग श्रेष्ठ

नेपाल भर्सेस भारत

खेल : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण

समय : भदौ १७, साँझ ५:३० बजे

हेड टु हेड

खेल : १९

नेपाल : २ जित, ४ बराबरी, १३ हार

भारत : १३ जित, ४ बराबर, २ हार

फिफा वरीयता

भारत : १०५

नेपाल : १६८

प्रत्यक्ष प्रशारण

हिमालय टेलिभिजन

ओएसआर स्पोट्स युट्युब

के भन्छन् प्रशिक्षक?

अब्दुल्लाह अलमुताइरी (प्रशिक्षक- नेपाल)

दुई महिनादेखि तयारी गरिरहेका छौं। सुरुमा काठमाडौंमा अभ्यास गर्‍यौं। त्यसपछि पोखरा गर्‍यौं।

भारतीय टिमको विषयमा अध्ययन गरेका छौं।

हाम्रो लक्ष्य साफ च्याम्पिनसिप हो।

अहिले दुई मैत्रीपूर्ण खेल खेल्दैछौं। यी खेलबाट साफका लागि शिक्षा लिनेछौं। हामी कस्तो स्तरमा पुग्‍यौं भन्ने थाहा पाउनेछौं। भविष्यमा के गर्न सकिन्छ भन्ने सोच्नेछौं। साफअघि कमजोरी पत्ता लगाउनेछौं।

हामी सबै अन्तर्राष्ट्रिय खेलका लागि तयार हुनुपर्छ, जित्नु पर्छ। हामी भारतसँगको खेलका लागि पनि तयार छौं। खेलपछि फ्यानहरू गर्व महसुस गर्छन् भन्ने लाग्छ।

व्यक्तिगत रूपमा नेपालको रंगशालामा पहिलो खेल र भारतसँग पहिलो खेलका लागि उत्साहित छु।

एसिया र विश्वलाई रियल गोर्खाली भन्ने देखाउँन चाहान्छौं। हामी बराबरीका लागि खेल्दैनौं र जितका लागि खेल्छौं।

मानिसहरूलाई खुसी दिलाउन होइन गर्व गर्नका लागि खेल्नेछौं। मानिसहरूलाई आफ्नो राष्ट्रिय टिमप्रति गर्व गर्ने गरी खेल्नेछौं।

यो खेल दुवै टिमका लागि कठिन खेल हो।

इगोर स्टिमाक (प्रशिक्षक-भारत)
खेलका लागि खेलाडी फिट र तयार छन् भन्ने आसा छ। अनि भारी वर्षा हुँदैन भन्ने पनि आसा छ।

हामी राम्रो फुटबल खेल्नेछौं। हामीसँग एटीके मोहन बगान र बेंगलुरु एफसीका केही खेलाडी छैनन्। उनीहरु एएफसी कपका खेल खेलिरहेका छन्। त्यसैले हाम्रा लागि कठिन हुनेछ।

मैले टिममा रहेका खेलाडीबाट आसा गरेको छु। उनीहरूले आफ्नो पोजिसनका लागि फाइट गर्नेछन्।

नेपालको बारेमा विश्लेषण गरेका छौं। नेपालले विश्वकप छनोटमा राम्रो खेलेको थियो। युवा खेलाडीलाई मौका दिइएको छ।

नेपाली टिम 

गोलकिपर : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर : सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द

मिडफिल्डर : सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान

फरवार्ड  : मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा

भारतीय टिम

गोलकिपर : अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु

डिफेन्डर : प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस

मिडफिल्डर : ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर

फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी

नेपाल भर्सेस भारतबीचको १९ खेलको नतिजा
२०-१२-१९८५    भारत ०-० नेपाल              साफ गेम्स
२१-१२-१९८५    भारत २-० नेपाल              साफ गेम्स
३०-११-१९८७    भारत १-० नेपाल               साफ गेम्स
२६-१२०-१९८९  भारत २-१ नेपाल               साफ गेम्स
२१-७-१९९३     भारत १-० नेपाल                साफ च्याम्पियनसिप
१८-१२-१९९३   भारत २-२ नेपाल                साफ गेम्स
२२-१२-१९९३   नेपाल २-२ (४-३) भारत       साफ गेम्स
५-१२-१९९८    नेपाल ०-१ भारत                एसियन गेम्स
३००-९-१९९९   नेपाल ०-४ भारत               साफ गेम्स
८-१२-२००५     भारत २–१ नेपाल              साफ च्याम्पियनसिप
३-६-२००८     भारत ४–० नेपाल             साफ च्याम्पियनसिप
८-१२-२००९     भारत १– ० नेपाल            साफ च्याम्पियनसिप
२८-८-२०१२     भारत ० – ० नेपाल          अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
५-९-२०१३     नेपाल २ – १ भारत           साफ च्याम्पियनसिप
१९-११-२०१३    भारत २ – ० नेपाल       अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
१२-३-२०१५     भारत २ – ० नेपाल         विश्वकप छनोट
१७-३-२०१५     भारत ० – ० नेपाल        विश्वकप छनोट
२७-१२-२०१५    भारत ४-१ नेपाल        साफ च्याम्पियनसिप
६-६-२०१७      भारत २-० नेपाल          अन्तर्राष्ट्रिय मैत्रीपूर्ण

घरेलु मैदानमा नेपाललाई दबाब

दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबीच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो।

बङ्गलादेशको ढाकास्थित बंगबन्धु रङ्गशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको थियो।

नेपाली टोलीको सुरुआत सुखद् रहेन । त्यसयता नेपाल र भारतबीच फुटबलमा १९ पटक भिडन्त भएको छ।

भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सक्यो। तीन खेलमा दुवै टोलीले बराबरी खेलेका थिए।

समग्रमा नेपाली टोली भारतसामु निरिह सावित भएको छ। विश्व फुटबल महासङ्घ (फिफा) बरियताअनुसार पनि नेपालभन्दा भारत फुटबलमा निकै अब्बल देखिन्छ‍। फिफा बरियताअनुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा छ।

हालसम्म भारतसितको फितलो प्रदर्शनका बाबजुद पनि आज साँझ ५ः३० बजे घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोली जितको दाउमा छ ।

घरेलु मैदानका साथै घरेलु दर्शकलाई जितका साथ भरपुर आनन्द दिने लक्ष्यका साथ नेपाली टोली मैदानमा प्रवेश गर्ने छ ।

नेपाली टोलीका लागि टाउको दुखाइ भारतीय कप्तान सुनिल क्षेत्री हुन्। नेपाली मुलका ३६ वर्षीय क्षेत्री विश्वमै नाम कमाएका कीर्तिमानी खेलाडी हुन्।

उनी अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गर्नेमा अग्रस्थानमा हुनुहुन्छ। क्षेत्रीले ११८ खेलमा ७४ गोल गरेका छन्।

त्यसैले नेपाली टोलीको लक्ष्य क्षेत्रीलाई रोक्नेमा बढी केन्द्रित देखिन्छ। क्षेत्रीले नेपालसितका आठ खेलमा पाँच गोल गरेका छन्।

भारतीय टोली क्षेत्रीका साथै अनिरुध थापा, ब्रान्डन फर्नान्डज, प्रितम कोटललगायत खेलाडीमाथि निर्भर रहने छ भने नेपालका लागि सन्तोष तामाङ, अनन्त तामाङ, पुजन उपरकोटी, अन्जन विष्टलगायत भरपर्दा खेलाडी हुन्।

नेपालसित किरणकुमार चेम्जोङजस्ता दक्षिण एसियाकै उत्केष्ट गोलकिपर हुन्। त्यसैले नेपाली टोलीको मनोबल उच्च छ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलका लागि अन्तिम समयमा आएर दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्ने अनुमति दिइएको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिएको जानकारी दिए।

दर्शकले मैदानमा प्रवेशका लागि एन्फाले बुधबार मात्र अनुमति पत्र पाएको हो। नेपाल र भारतबीचको पहिलो खेलका लागि पाँच हजार १०० दर्शकले मैदान प्रवेशको अनुमति पाएका छन्।

दर्शकलाई मैदान प्रवेशको अनुमतिले पनि नेपाली टोलीको उत्साह बढेको अध्यक्ष शेर्पा बताउछन्।

भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ।

नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ। साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button