
देउवा र प्रकाण्डको झण्डै २ घण्टा लामो गोप्य बार्ता, के भयो कुराकानी ?

भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण,गृहसचिव टेकप्रसाद पाण्डेको समेत उपस्थिति थियो । कुराकानीको मुख्य विषय केपी शर्मा ओलीको सरकारले नेकपासँग गरेको तीन बुँदे सम्झौता कार्यान्वयन भएको नेकपाले जनाएको छ । सो क्रममा प्रकाण्डले आफ्ना ८७ जना नेता तथा कार्यकर्ता अझै जेलमा रहेकाले सम्झौताको अक्षरशः र तत्काल कार्यान्वयनमा जोड दिएका हुन् ।

यसअघि २०५२ सालमा पनि अहिलेका प्रधानमन्त्री देउवालाई नै ४० बुँदे माग बुझाएर तत्कालीन माओवादी जनयुध्दमा गएको थियो । जनयुध्दका कारण मुलुक र जनताले झण्डै डेढ दशक सबै क्षेत्रमा निकै कष्ट भोग्नुपरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



