
…त्यसपछि बिहे गर्छु भनेको प्रेमीले एउटा कोठामा लैजान्छन् त्यहाँ अरु युवा पनि हुन्छन्….!
कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए आफ्नै प्रेमीले बोलाएपछि नजाने कुरै भएन । उनी गइन् ।

तर ति युवकको नियत भने अर्कै रहेछ । उनले एउटा कोठामा लैजान्छन् त्यहाँ अरु युवा पनि हुन्छन् । ५ दिन सम्म उनलाई औषधी खुवाउँछन् । त्यसैले उनले आफु माथि के भयो भन्ने पनि थाहा पाएकी छैनन्

अहिले उनका परिवारले ति युवकहरुबि’रुद्ध उजुरी दिएका छन् । ति युवतीलाई लगिएको ठाउँमा एक जना प्रहरी पनि थिए । उनका प्रेमीले फोन गरेर विवाह गर्ने भनेर बोलाए पछी आफु गएको ति बालिकाले बताएकी छन्।
परिवारका सदस्यले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सुरेश भन्ने प्रेमीले फोन गरेर बोलाएपछि आफु गएको बताएकी छन्। उनका बुवा आमा मजदुरी गरेर जिविका पाल्छन् उनी मामाघर बसेकी छन् । ति सुरेशले म तिमीलाई विवाह गर्छु भनेर बोलाएपछि उनी पुलमा गएकी थिइन्।
उही प्रेमीले एउटा कस्मेटिक कोठामा लिएर गए । उसको एउटा प्रहरी साथीसंग मिलेर औ’षधी ल्यायो । यो पेट दुखेको औषधी हो खाउ भनेर दिए । त्यो खाने बित्तिकै मैले केही पनि थाहा पाइन, उनले भनिन् ।
सुरुमा आफुले ३ जनालाई देखेको बताइन्।
कतिबेला आफुले थाहा पाउँदा अरु पनि आएको उनले बताइन् । कोठामा राखेको ५ दिनपछि उनीहरु आरामिल निर ल्याएर छोडिदिएको र त्यसबेला प्रहरीले आफुलाई फेला पारेको बताएकी छन् ।
उनलाई भदौ १४ गते बोलाएर लिएर गएका थिए । त्यसको ५ दिन पछि प्रहरीले उनलाई फेला पारेको हो।
यो पनि,,,,एमाले विवाद चमत्कारीक मोडमा: राष्ट्रपतिलाई साढे दुई घण्टा भेटेर मुस्कुराउँदै फर्किए माधव नेपाल
एमालेमा विगत लामो समय देखि देखिएको सम्बादहिनता तोडिएको छ भने माधव नेपाल पक्षलाई गरिएको कारवाही फिर्ताको कुरा समेत हुन थालेको छ । विहिवार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकमा माधव नेपाल सहितका मुख्य नेताहरुलाई गरिएको कारवाही फिर्ता लिन दवाव परेको छ । विहिवार नै ओली र माधव नेपाल पक्षका नेताहरुबीच भेटघाट र कुराकानी पनि भएको छ ।
विहिवार माधव कुमार नेपाल राष्ट्पति विद्यादेवी भण्डारीलाई भेट्न साँझ शितल निवास पुगेका छन् । उनी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई भेटेलगत्तै शितल निवास पुगेका थिए । राष्ट्रपतिसंग उनको करिब साढ् २ घण्टा कुराकानी भएको छ ।
एमालेभित्रको विवाद फुटको सङ्घारमा उभिएका बेला राष्ट्रपति भण्डारीले भेटको चाँजोपाँजो मिलाएकी हुन् । राष्ट्रपतिले बारम्बार भेटका लागि बोलाएको भएपनि नेपाल गएका थिएनन् ।
उनीहरूबीच पार्टीको आन्तरिक विषयमामाथि नै सघन संवाद भएको बुभिएको छ । नेता नेपाल साँझ ७ः२५ मा शीतल निवास प्रवेश गरेका थिए । भेटवार्ता सकेर रातको १०ः५ बजे शीतल निवासबाट बाहिरएको सुरक्षा स्रोतले जानकारी दियो ।
पार्टी विभाजनको सन्निकट पुगेका बेला एमाले संवादमा फर्किएको छ । विहिवार नै विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टबीच होटल मेरियटमा आधा घण्टा संवाद भएको थियो ।
नेता नेपाल समूहले पार्टी विवाद मिलाउन २०७५ जेठ २ मै फर्कनुपर्ने अडान राख्दै आएको छ । त्यसकै वरिपरि रहेर संवाद अघि बढेको नेताहरूले बताएका छन् ।



