ओलीको यस्तो जवाफले निरास भएका भीम रावलले भने, ‘ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्दैनन्’

काठमाडौँ । नेकपा एमाले भित्र रहँदा माधव कुमार नेपाललाई साथ दिएर संघर्ष गरिरहेका नेता हुन् भीम रावल ।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक पनि हुन् ।

तर माधव नेपालले नयाँ पार्टी दर्ता गर्दा भने उनले नेपाललाई साथ दिएनन् । पार्टी विभाजन भइसक्दा पनि उनले ओलीलाई फकाउन बालकोट धाए ।

तर ओलीले रावलसंग भेट गर्न पनि इच्छा देखाएनन् । ओलीले भेट्नै नमानेपछि रावल निरास भए ।

ओलीले १० बुँदे कार्यान्वयन भइसकेको भन्दै अन्य कुनै सर्त मान्न आफु तयार नभएको प्रतिकृया दिएपछि निरास भएर फर्किएका रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने सम्भावना कम रहेको बताएका छन् ।

आफ्ना समूहमा नेताहरुको छलफलका क्रममा नेता रावलले यस्तो बताएका हुन् ।

नेकपा एमालेको एकता प्रक्रियामा लागेका ५७ नेताहरूले दश बुँदे सहमति कार्यान्वयन गर्न दिएको अल्टिमेटमलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदिएका थिए ।

आउँदो बुधवारसम्म ओलीले दश बुँदे सहमति कार्यान्वयन नगरे उनीहरू आफ्नो दल रोज्न स्वतन्त्र हुनेछन् ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल दर्ता गर्न निवेदन दिइसकेका छन् ।

निवेदनमा साविक एमालेका तर्फबाट ५८ केन्द्रीय सदस्य छन् ।

शुक्रवार महाराजगंजमा बसेको एकता पक्षधर नेताहरूको बैठकले बुधवारसम्म ओलीले सहमति कार्यान्वयन नगरे विद्रोह हुने निष्कर्ष निकालेका थिए ।

नेता घनश्याम भुसालले पार्टी एकता पक्षधरहरूले एमालेमा ठूलो विद्रोह हुने चेतावनी दिइसकेका छन् ।

माधव नेपालको पक्षमा गए भनिएका बामदेवले दिए फेरी यस्तो ‘सरप्राइज’

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले फेरी सरप्राइज दिएका छन् ।

उनका बारेमा सामाजिक सञ्जालमा आएका समाचारहरुको खण्डन गर्दै गौतमलेआफू नेकपा (एमाले)मा नै रहेको प्रष्टीकरण दिएका छन्।

गौतमको सचिवालयले माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग जोडेर विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

यस्तै‚ नेकपा (एकीकृत समाजवादी) पार्टीले गौतमको फोटो राखेर ब्यानर प्रकाशित गरेकोमा आपत्ति जनाएका छन्। गौतमको सचिवालयले भनेको छ‚ ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क।

वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ। नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँलाई बदनाम गर्नु बाहेक केही होईन।’

एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम अहिलेसम्म एमालेमा नै रहेको प्रष्टीकरण दिइएको छ।

अहिले भइरहेको सबैखाले प्रचारप्रसारमा कुनै सत्यता नभएको पनि सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button