घरको तेस्रो तलाबाट लडेर भक्तपुरमा एक जनाको मृत्यु
१६ माघ, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोलमा पक्की घरको तेस्रो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ ।
ठाकुर अधिकारीले बनाउदै गरेको घरको दोस्रो तलामा काम गर्ने क्रममा लडेर काभ्रेका ४० वर्षीय प्रेम मगरको मृत्यु भएको हो ।
उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1