
परिवारले काजकिरिया गरी मुत्युदर्ता समेत गरेका व्यक्ति जीवित बनेर घर आइपुगे तर आफू जीवितै रहेको प्रमाण जुटाउन चार वर्ष लाग्यो
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा आफ्नो मृत्यु भएको झुटो खबरका कारण ४० वर्षीया सुभास तामाङले ठूलो हैरानी बेहोरेका छन् ।

परिवारले काजकिरिया गरी मुत्युदर्ता समेत गरेकाले त्यसलाई सच्याएर आफू जीवितै रहेको प्रमाण जुटाउन चार वर्ष लागेको छ ।

उनी विदेशमा रहेका बेला मृत्यु भएको खबर आएको थियो । विदेशमा मृत्यु भएको र अन्तिम संस्कार गरिएको सरकारी जानकारी नै आएपनि परिवारले काजकिरिया र मृत्यु दर्ता गराएका थिए ।
तर उनी घर फर्किए । आफ्नो परिवार र छिमेकीले नचिन्ने कुरा नै भएन । मृत्यु भयो भनिएका व्यक्ति जीवित नै हुन् ।
तर नागरिकता मिलेन । उनी जीवितै रहे पनि सरकारी अभिलेखमा २०७२ सालदेखि नागरिकताको नाम मृतकको सूचीबाट हटाउँदै नागरिकताको प्रतिलिपी उपलब्ध गराएको छ । ‘म जीवितै भएको प्रमाण बल्ल पाएँ,’ उनले भने ‘नेपालमा केही काम पाइँदैन । दुई छोराछोरी र श्रीमती मसँगै आश्रित छन् ।’
अब फेरि मिल्यो भने विदेश नै जाने सोचमा छुु मृतकको सूचीबाट नाम नहट्दा उनले यो अवधिमा सरकारी निकायबाट कुनै काम लिन सकेनन् ।
भोजपुरको षडानन्द नगरपालिका २ –साविक कुदाककाउले गाविस ९ पुरानो ठेगाना भएका सुभास वैदेशि रोजगारीका क्रममा साउदी अरब गएका थिए । २०७२ असार २५ गते ट्याक्सी दुर्घटनामा उनको मृत्यु भएको खबर आएको थियो । तर ती व्यक्ति अरु नै भएको खुल्न आएको छ ।
लामो दूरीका ठूला सार्वजनिक सवारी साधन सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव
काठमाडौं महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ।
कामपाको उपप्रमुख उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘कामपा भएर गुड्ने लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ले प्रमुख शाक्यलाई शुक्रबार तीन बुँदे अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै उक्त सुझाव दिएको हो।
ठूला सार्वजनिक सवारी साधनको ‘पिक एन्ड ड्रप’ लाई थप व्यवस्थापन गर्नका लागि एक हप्ताअघि कार्यदल गठन गरिएको थियो।
उक्त कार्यदलमार्फत् तयार गरिएको प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुबाहक ठूला सवारी साधनको व्यवस्थापन जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर सर्मत–सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख छ।
संघीय सरकार, प्रदेश सरकार, उपत्यकाभित्रका पालिका र सवारी साधन व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधनको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टाछुट्टै सवारी साधन टर्मिनलको विकास गर्न आवश्यक रहेको पनि प्रतिवेदनमा भनिएको छ।
हाल कामपाले खुला मञ्चबाट सञ्चालित बसपार्क हटाएर सिटी यातायातका लागि ‘पिक एन्ड ड्रप’ र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था गरेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्को व्यवस्था नभएसम्मका लागि खुला मञ्चमा साबिकबमोजिम बसपार्कका रूपमा प्रयोगका लागि माग गरे पनि कामपाले त्यो सम्भव नहुने बताउँदै आएको छ।
प्रतिवेदनमा काठमाडौं उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी कामपाका क्षेत्र भएर सञ्चालन हुने पनि जानकारी दिएको छ। खुला मञ्चबाट सञ्चालन भएको बसपार्क गत वैशाख १६ बाट बन्द गरेको थियो।
खुला मञ्च बन्द भएपछि यातायात व्यवसायीले उपयुक्त स्थानको माग राख्दै आएका छन्। व्यवसायीको मागका विषयमा अध्ययन गर्न साउन १५ गते बसेको कामपाको ६५ औं कार्यपालिका बैठकले उपप्रमुख खड्गीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।
यसैबीच कामपाले आगामी तिहारसम्ममा आफ्नो क्षेत्रका विभिन्न स्थानमा ८८ थान हाई मास्ट बत्ती जडान गर्ने भएको छ। मेयर उज्यालो कार्यक्रमअन्तर्गत कामपाको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक स्थान, उद्यान र सहरका भित्री स्थानमा रहेका बहाल र चोकमा बत्ती जडान गरिने जनाइएको छ।
यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए।
‘अबको केही दिनभित्र जडान गर्ने कम्पनीसँग सम्झौता गरी आगामी भदौ दोस्रो साताबाट काम सुरू हुन्छ’, प्रमुख थापाले भने। यो स्वचालित बत्ती हो, प्राकृतिक उज्यालो कम हन थालेपछि आफैं बल्ने आवश्यकता नभएको बेला आफैं निभ्ने गर्दछ।
आवश्यकता हेरी सहरको बाहिरी तथा खुला स्थानमा १६ मिटरको पोल र मानिसको बस्ती नजिक भने १२ मिटरको पोलमा बत्ती जडान गरिनेछ।
एक स्थानमा राखेको उक्त बत्तीले एक सय मिटरसम्म उज्यालो दिने बताइएको छ।
यसअघि परीक्षणका लागि राष्ट्रिय सभागृहमा बत्ती जडान भइसकेको छ। बत्ती जडान कार्य भएसँगै रातका समयमा हुने विभिन्न किसिमका आपराधिक घटना नियन्त्रणका लागि ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ।
हाल कामपाको मुख्य सडक कालीमाटी, त्रिपुरेश्वर, कलङ्की, बालाजु लगायतका स्थानमा कहीँ बत्ती नै छैन भने भएका केही स्थानमा पनि पर्याप्त रूपमा सडक बत्ती नहुँदा सडक दुर्घटना र अपराधका घटनाहरू घटिरहेका छन्।
यस कार्यका लागि कामपाले चालु आर्थिक वर्षमा १० करोड बजेट विनियोजन गरेको छ।



