
मुल्यवृद्धि तुरुन्त फिर्ता गर्न सरकारलाई ध्यानाकर्षण
मुल्यवृद्धि तुरुन्त फिर्ता गर्न सरकारलाई ध्यानाकर्षण
देशको सरकारले के गर्न खोजेको हो ? जनताको नजरमा सरकारप्रति नकारात्मक दृष्टिकोण ।
जन नागरिकको शिक्षा स्वास्थ ,गाँस,वास,कपास र स्वरोजारको समेत व्यवस्थापन गर्नु सरकारको दायित्व हुन आउँछ। जनता सधै पिडामा कहिले कोरोना त कहिले , भोकमरी , कहिले बाडीपहिरो, कहिले चट्याङ त कहिले हावाहुरी त कहिले सिटामोल नपाएर। वखती उपचार नपाएर मृत्यु यावत समस्यामा जनता पिल्सिएका छन।
सरकारले महिनै पिच्छे अत्यावश्यक बस्तुको , खाद्यान्न , चिनी, तेल,ग्यास, इन्धन , पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ। तरकारी फलफूल समेतको मूल्य वृद्धि गरेको छ।
महंगी बढाएको बढाई छ। आज DDC पकेट दुधको मुल्य मा रू. १५ प्रति लिटर आजदेखि बढाएको छ। पेट्रोलको मूल्य ८४ रूपैयामा पाईने रू. १४० रूपैया बढाएको छ। यसरी जनालाई करको भारी त विश्व कै महंगो कर तिर्ने राष्ट्रको रूपमा रूपान्तर गरेको छ। यस्तो जनताको जन जिविकाको सवालमा सरकारले खेलवाड गरेको छ। यसरी अप्रत्याशित ढंगबाट आज बढाएको दुधको मूल्य र अन्य खाद्यान्न तथा ईन्धन समेतको मूल्य तत्कालै फिर्ता लिन नेपाल सरकारलाई गंभीर ध्यानाकर्षण र खवरदारी गरिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



