ओली कलियुगको भष्मासुर हुन्ः बाबुराम भट्टराई

१ माघ, काठमाडौं। जनता समाज पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली प्रवृत्तिको परास्त हुने विश्वास व्यक्त गरेका छन्। माघेसंक्रान्तिको शुभकामनामा दिँदै भट्टराईले भष्मासुरकै प्रसंग निकालेर ओली प्रवृत्तिको परास्त गर्न शक्ति मिलोस् भन्दै कटाक्ष गरेका छन्।

उनले कलियुगको भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् भन्दै शुभाकामना दिए।

साथै डा. भट्टराईले नेपाल र छिमेकका प्राय: सबै जाति/समुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघी/माघे संक्रान्ति/मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

बिहीबार सामाजिक संजाल ट्वीटमा लेखेका छन्,’ नेपाल र छिमेकका प्राय: सबै जाति/समुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघी/माघे संक्रान्ति/मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको हार्दिक शुभकामना।

यस वर्ष कलियुगको भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस्!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button