यी हुन् आज ओली सरकारमा गृहमन्त्री बन्न लागेका खगराज अधिकारी

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री ओलीले आजै सपथ गराउनेगरि तयारी थालेका छन् । अहिले प्रधानमन्त्री ओलीले ७ मन्त्रालय आफूसँग राखेका थिए ।

यसअघि जेठ ७ गते जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षलाई समेटेर मन्त्रिपरिषद पूनर्गठन गरेका थिए ।

राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपा अलिहे सरकारमा छ । आज प्रधानमन्त्री ओलीले गर्ने विस्तारमा एमालेबाट मात्रै मन्त्री बनाईने तयारी छ । खगराज अधिकारी गृहमन्त्री बन्ने पक्का भएको छ ।

यसअघि गृहमन्त्रीमा एमालेबाटै महेश बस्नेत र कर्ण थापाको नाम चर्चामा थियो ।

२०६४ सालको संविधान सभा चुनावमा पराजित भएका अधिकारीले २०७० मा टिकट नै पाएका थिएनन्।

लामो समय आफ्नो समूहमा रहेका अधिकारीलाई ओलीले नै कोइराला मन्त्रिपरिषदमा पठाएका हुन्। २०७४ मा कास्कीबाट चुनाव जितेलगत्तै उनी एमाले प्रमुख सचेतक बनेका थिए। नेकपा एकता भएपछि उनी हटेर देव गुरूङ प्रमुख सचेकत भएका हुन्।

प्रधानमन्त्रीले नयाँ मन्त्री थपेर सपथ खुलाउने, महेश वस्नेत परेनन् यि हुन् नयाँ मन्त्रीका नाम

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी मन्त्रिमन्डल विस्तारको तयारी गरेका छन् । माधव नेपाल पक्षका नेतालाई पनि मन्त्री बनाउन यति दिन कुरेका ओली अन्तत उनका बिहिबारनै मन्त्रीपरिषद् विस्तार गरेर सपथ खुवाउने तयारी थालिएको छ ।

सर्वोच्च अदालतमा संसदविघटनको मुद्दा सुनुवाईको क्रममै रहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेका हुन् ।

ओलीले पार्टी एकताका लागि भन्दै राखेको ६ बुँदे प्रस्ताव नेपाल पक्षले अस्वीकार गरेपछि उनले अन्य दललाई मिलाएर मन्त्रीपरिषद् विस्तारको तयारी थालेका हुन् । शुक्रबार जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १० जनालाई मन्त्री बनाएका थिए। रिक्त रहेका सात मन्त्रालय उनले आफैसंग राखेका छन् ।

यिनै खाली रहेका मन्त्रालयमा आज मन्त्री नियुक्तिको तयारी भएको बालुवाटार स्रोतले बताएको छ ।

गृहमन्त्री खगराज अधिकारी बन्ने पक्का भएको स्रोतले जनाएको छ । यस अघि महेश वस्नेतलाई गृहमन्त्री बनाउन लागेको भन्दै चर्चा भएको थियो । यस्तै संचारमन्त्रीमा नैनकला थापा, वनमन्त्री नारदमनि राना, ज्वालाकुमारी शाह, कृषिमन्त्री, जसपाको राजकिशोर यादव उद्योगमंत्री बन्ने भएका छन्।

त्यस्तै गणेश पहाडी, सामान्य प्रशासनमन्त्री, प्रधानमन्त्री कार्यालय रहनेगरी मोहन बाँनियापनि मन्त्री बन्दैछन्, आशा विक भने राज्यमन्त्री बन्ने बताइएको छ ।

स्रोतका अनुसार बिहिबार साँझ नै मन्त्रीहरुको शपथ गराउने तयारी छ। ‘अन्य केहि बिषय नथपिएको खण्डमा आज नै मन्त्रीहरूको सपथ हुन्छ’ स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button