फेरि संसद विघटन गर्दै प्रधानमन्त्री ओली !
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजिनामा दिने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी संसद विघटनको संकेत गरेका छन् ।
संसदलाई विजनेश नदिएरै अन्त्य गर्ने रणनीति लिइरहेका प्रधानमन्त्री ओलीले संसद आफ्नो विपक्षमा देखिए फेरी विघटन गर्ने संकेत गरेका हुन् । नेपाली कांग्रेसले समेत राजिनामा मागेर अब सरकार ढल्ने संकेत देखेका प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका छन् ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले संसदीय अंकगणित आफ्नो पक्षमा नभए फेरि संसद विघटन गरेर मध्यावधि चुनावमा जाने संकेत गरेका हुन् ।
उनले फेरी पुष ५ को अवस्था आउन सक्ने संकेत गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार सडक उदघाटन कार्यक्रमलाई सम्वोधन गरेका प्रधानमन्त्री ओलीले फेरि ताजा जनादेशका लागि जानुपर्ने परिस्थिति आउन सक्ने स्पष्ट भाषामा बताए ।
संसदको अंकगणितलाई ‘म्यानेज गर्न’ वा आफ्नो पक्षमा पार्न सकिएन भने त्यो अवस्थामा चुनावमा जानुपर्ने ओलीको तर्क छ ।
प्रधानमन्त्री ओलीले भने, ‘त्यसलाई ९संसदलाई० भरसक म्यानेज गर्न खोज्नुपर्छ । यदि त्यो व्यवस्थापन भएन र विभिन्न व्यक्तिहरुका स्वार्थहरुको खेलबाट अंकगणित आवश्यकता विपरीत गयो भने ताजा जनादेश भनेको त्यही हो । त्यसमा जानुपर्छ अब । त्यस्तोबेलामा ताजा जनादेशमा जानुपर्छ ।’
ओलीले ढिलोचाँडो ताजा जनादेशमा जानुको विकल्प नरहेको दाबीसमेत गरेका छन्। ‘संसद्को अंगकणित राष्ट्रको आवश्यकता अनुसार भएन भने ताजा जनादेशमा जानुको विकल्प हुँदैन’, उनले भने। ओलीले जनप्रतिनिधिको थलो संसद्ले देशको आवश्यकता अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
यो पनि, धुर्मुसको साथिले यस्तो रहस्य खोल्दै भने “साथी धुर्मुस केहि बिग्रेको छैन आउ सब छोडेर मिलेर फेरी कलाकारिता गरौ”
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली निर्माधिन बहुउपयोगी रङ्गशाला हो। यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका भित्र निर्माण गरिरहेको छ ।
फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो । पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ ।
यस क्रिकेट रङ्गशाला कमलको फुल आकारको हुनेछ। बहुउपयोगी हुने यो रङ्गशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन्।
उक्त अभिनयानमा सीताराम कट्टेल (धुर्मुस), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ता अर्जुन भुषाल लगायतका व्यक्तिहरू रहेका छन् । रंगशाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन् ।
धुर्मुसको यही अभियानलाई लिएर धुर्मुस सँग पहिला सँगै काम गरेका साथी,निर्देशक हरी उदासीले भनेका छन जे जती भयो भयो धुर्मुस गल्तीलाई गल्ती भन्न सक्नु पर्छ सब छोडेर आउ फेरी कलाकारिता सुरु गरौ