अब ओलीविरुद्ध देशव्यापी अभियान चलाइन्छ : माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब केपी शर्मा ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने बताएका छन् ।
उनले देशैभरिका कार्यकर्ताहरुलाई मैदानमा उत्रन आह्वानसमेत गरेका छन् ।
अध्यक्ष ओलीले सोमबार माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गर्ने निर्णय गरेलगत्तै नेता नेपालको आक्रामक प्रतिक्रिया आएको हो ।
बरिष्ठ नेता नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारवाही गर्ने कुनै अधिकार नरहेको बताए । ओलीले आफैं केन्द्रीय कमिटी भंग गरेको अवस्थामा यसरी कारवाही गर्न नमिल्ने उनले बताए ।
ओलीले निलम्वन गरेको पत्र आफूले नपाएको बताउँदै नेता नेपालले अब देशव्यापीरुपमा ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गरे । नेपालले भने, ‘अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइन्छ ।’ -रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1