तीन वर्षमा हामीले उथलपुथल हुने काम गरेका छौंं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले चौतर्फी विकास गरेको दाबी गरेका छन्। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आयोजना गरेको प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले तीन वर्षको अवधिका भौतिक तथा सामाजिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए।

‘तीन वर्षकोबीचमा हामीले देख्दाखेरी सामान्य लाग्ने उथलपुथल हुने काम गरेका छौं। संकल्प गरेपछि हुने रहेछ नि, हामीले हाम्रो जस्तो देशलाई खुल्ला दिसामुक्त देश बनायौं,’ ओलीले भने, ‘सभ्यताको सिढीमाथि उठ्यो देश, कति असभ्यताको स्थिति थियो। त्यस असभ्यताको स्थितिबाट सभ्यताको स्थितिमा पुर्‍याइयो।’

सडक, उर्जा, जलस्रोत लगायतका क्षेत्रमा सरकारले थुप्रै काम गरको उनको भनाई छ।  

उनले अबको ५ वर्षभित्र दिगो विकास लक्ष्यका मापदण्डहरु पूरा गर्ने समेत बताए। ‘अबको ५ वर्षभित्र हामीले लगभग दिगो विकास लक्ष्यका मापदण्डहरुलाई २०३० भन्दा अगाडि पुरा गर्न सक्छौं। किनेभने हामीमा त्यो पुरा गर्ने प्रचुर सम्भावना छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button