प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक ३ बजे हुने

प्रचण्ड -नेपाल समूहले सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारेको हो। कानुनी र राजनीतिक छलफलमै व्यस्त भएपछि बैठक सारिएको हो।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरिदिएपछि ओली-प्रचण्ड नेतृत्वको नेकपालाई  शंकट उत्पन्न भएको छ। यससँगै अब नेकपाको मान्यता प्रधानमन्त्री ओली र दाहालले नपाउने भएका हुन्।

प्रचण्ड-नेपाल समूहका नेताले आइतबार अदालतको फैसलाबारे कानुन व्यवसायीसँग छलफल गरेका थिए। छलफलमा कानुन व्यवासायीले पुनरावलोकनका लागि जानुपर्ने सुझाव दिएका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम राखेर आयोगमा दर्ता भएपछि उक्त विवाद सर्वोच्चमा पुगेको थियो। प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक ३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button