प्रदेश १ः को-को बन्दैछन् नयाँ मन्त्री?

सात जनाकाे मन्त्रीमण्डल रहेकाे प्रदेश १ सरकारले नयाँ मन्त्री थपेको छ। मन्त्रालय फुटाउने गुपचुप निर्णय गरेको प्रदेश सरकारले ७ मन्त्रलाय थपेर १४ पुर्‍याएकाे हो।

नयाँ मन्त्री बन्नेहरुमा कांग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओम सरावगी, शेखर चन्द्र थापा रहेका छन्।

यस्तै, नेकपा (माओवादी केन्द्र)बाट रामकुमार राई, पूर्ण सिंह दर्लामीको नाम सर्ट लिस्ट भएको छ भने नेकपा (एकीकृत समाजवादी)बाट उपेन्द्रप्रसाद घिमिरे, खिनु लङ्वा र राजन राईलगायतलाई मन्त्री बनाउने तयारी भएको प्रदेश १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ।

थपिएका नयाँ मन्त्रीहरूले प्रदेश प्रमुखबाट आजै सपथ लिने कार्यक्रम रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button