बलिउड अभिनेता अक्षय कुमारलाई लाग्यो अहिले सम्मकै ठुलो झडका !

बलिउड अभिनेता अक्षय कुमार अभिनीत चलचित्र ‘बेलबटम’ प्रदर्शनमा भइरहेको छ । संक्रमणका कारण लामो समय ठप्प रहेका सिनेमाघर सञ्चालनमा आएसँगै अक्षय कुमारको चलचित्र प्रदर्शनमा आएको हो ।

सिनेमाघर खुले पनि दर्शकको चाप कम भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अक्षय कुमारको चलचित्रको कमाइ औसत रुपमा अघि बढिरहेको चलचित्र समीक्षकले उल्लेख गरेका छन् ।

अझै हलमा दर्शक आउन समय लाग्ने उनीहरुको अनुमान छ ।

खबरमा आए अनुसार ‘बेलबटम’ प्रदर्शनमा आएको तीन दिनमा १२।६५ करोड भारु कमाइ गरेको छ ।

रक्षाबन्धनको दिनमात्र चलचित्रले ४।४० करोडको कमाइ गरेको छ । यसअघि दैनिक ४।२० कमाइ गरेकोमा रक्षाबन्धनको दिन कमाइ बढेको हो ।

‘बेलबटम’ को चलचित्र केही देशमा प्रतिबन्धित भएका कारण पनि यसको कमाइमा कमी आउने विश्लेषकले बताएका छन् ।

विशेषत मुस्लिम मुलुकहरुले अक्षयको उक्त चलचित्रको एक दृश्यमा आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएका हुन् ।

साउदी अरब, कुवेत र कतारका चलचित्र सेन्सर बोर्डले यस चलचित्रको प्रदर्शनमाथि रोक लगाएका छन् ।

सेन्सर बोर्ड अफ युएईले चलचित्रमा तीन देशको छविलाई नकारात्मक रुपमा प्रस्तुत गरिएको आरोप लगाउँदै चलचित्र प्रदर्शन हुन दिएका छैनन् ।

सौर्य दैनिकमा खबर छ । उनीहरुले चलचित्रले इतिहासलाई बंग्याएको आरोप लगाएका छन् ।

यो चलचित्र सन् ८० को दशकको एक सत्य घटनामा आधारित छ । चलचित्र भारतको पहिलो गोप्य अपरेसनलाई लिएर बनेको छ ।

चलचित्रमा जहाज अ पहरण गरेर लाहौरबाट दुबई पु-याइएको छ । त्यसबेला संयुक्त अरब इमिरेट्सको फोर्सले अपहरणकारीलाई पक्राउ गरेको थियो ।

त्यसपछि युएईका रक्षामन्त्री मोहम्मद बिन राशिनले यो मामलामा हस्तक्षेप गरेका थिए । तर चलचित्रमा यो गोप्य अप्रेसनलाई भारतीय अधिकारीले पूरा गरेको देखाइएको छ ।

चलचित्रमा अभिनेता अक्षय कुमारसहित अभिनेत्री लारा दत्त, वाणी कपुर, हुमा कुरेशी र आदिल हुसेन लगायतको अभिनय छ ।

चर्चित दोहोरी गायक रबिन लामिछाने एक्कासी अस्पताल भर्ना, कलाकार तथा शुभभचिन्तकको स्वास्थ्य लाभको कामना !

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक रबिन लामिछाने अस्पतालमा भर्ना भएका छन। केहि दिन देखि हातमा देखिएको समस्याको कारण उनि अस्पतालमा भर्ना भएका थिए। हात भा’चिएको र अहिले अप्रेसन सफल भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको हो।

लोकप्रिय गायक राजु ढकालको अनुसार उनको हात भा’चिए संगै अहिले टिचिङ्ग अस्पतालमा उपचार गराईरहेको पाइएको छ ढकालले स्वास्थ्य लाभको कामना सहित तस्बिर सार्बजनिक गरेपछि आम दर्शक चिन्तित छन अहिले आम कलाकार तथा सुभचिन्तकले रबिनको स्वास्थ्य लाभको कामना गरिरहेका छन,सामाजिक संजालमा रबिनकै तस्बिरमात्रै देखिन्छ ।

केहि समय देखि उनि त्यति धेरै लाइभ दोहोरीमा देखिएका छैनन् भने अन्य तिर पनि उनको त्यति निरन्तरता थिएन।

रबिनले आफु अस्वस्थ रहेको र केहि दिन अस्पतालमा भर्न हुन पर्ने भनेर पोस्ट गरे पछि लोकप्रिय गायक राजु ढकाल र देबी घर्ति अस्पतालमै भेट्न पुगेका थिए अहिले रबिनको सफल सल्यक्रिया भएको अस्पतालले जानकारी दिएको छ।

लोकप्रिय गायक रबिन लामिछानेको घाटीमा समस्या देखिएको छ।केहि महिना देखि लगातार उनको घाटीमा समस्या देखिएको र डाक्टरले गीत नगाउँन आग्रह गरेका छन। पछिल्लो समय सबैको मन मुटुमा बसेका रबिन यो बेला उक्त समयले गर्दा निकै दुखमा छन।

नेपाली लोक पाराखिहरुको मन को ढुकढुकी हुन् रबिन।

प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रबिनको भोकल कनमा मासु पलाएकै कारण यो समस्या देखा परेको रबिनको उपचारमा खटिएका एक डाक्टरले लालीगुराँस डटकमलाइ जानकारी दिनु भयो।

रबिनले आफ्नो फेसबुकमा लेखेका छन ‘घाटि मा उल्लेख्य सुधार आयको छ। तर पुर्ण रुप मा निको भैसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button