अब हुने चुनावमा ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका नेता झलनाथ खनालले अब हुने चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने दाबी गरेका छन्।
अबको दुई वर्षमा निर्वाचन हुने र त्यसबेला ओलीको जमानत जफत हुने दाबी खनालले गरे।
आज काठमाडौंमा आयोजित विरोध सभामा बोलेका खनालले भने, ‘मिस्टर ओली तपाईंको जमानत जफत हुनेछ। दुई वर्षमा चुनाव हुनेछ। दुई तिहाइ होइन त्यसबेला जमानत जफत हुन्छ।’
उनले प्रचण्ड-नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरूले आन्दोलन नगरेको उल्लेख गरे। लोकतन्त्र र स्थायित्वका लागि लडाइँ गरिरहेको खनालको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1