
सीमा नाकामा भि डन्त, एक सशस्त्र प्रहरी र ८ भारतीय व्यापारी घाइते
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भी ड न्त हुँ दा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन्।

मटिहानीमा अवस्थित २ नम्बर बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरूले तो डफो ड गरी ह टा एका छन्।

बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०/६० भारतीयले म दि रा खा एर ए क्कासि २ नम्बर बोर्डरमा खटिएका प्रहरीहरूमाथि ढु ङ्गा मु ढा ग रे का थिए।
करीब आधा घण्टासम्म भारतीयहरूले गरेको ढु ङ्गा मु ढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टा उमा ग म्भी र चो ट ला गे को छ ।
यता भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरुसँग मोटो रकम लिएर लाइन (तस्करी गर्ने इजाजत) दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरु नेपाल ल्याउन शुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रो क ल गा उँदै ला ठी चा र्ज ग रे का थिए ।
यता भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरूसँग मोटो रकम लिएर लाइन (तस्करी गर्ने इजाजत) दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरू नेपाल ल्याउन सुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रो क ल गाउँदै ला ठी चा र्ज ग रेका थिए।
संक्रमण बढ्ने क्रम नरोकिएपछि, अबको निषेधाज्ञामा थप कडाइ गर्दै यस्ता हुने छन् अबका नियम
कोरोना महामारी फैलने क्रम नरोकिएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरी थपिने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले फेरी एक साता निषेधाज्ञा थप्ने तयारी भइरहेको जनाएका छन् ।
दोस्रो लहरको कोरोना भयावह हुने क्रम नरोकिएपछि चेन ब्रेक गर्न आवश्यक देखिएकाले निषेधाज्ञा लम्ब्याउने निष्कर्षमा प्रमुख जिल्ला अधिकारीहरु पुगेका हुन् । ‘अहिलेको अवस्थामा निषेधाज्ञालाई निरन्तरता दिनुको विकल्प देखिएन,’ सर्वपक्षीय छलफल पछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने। महामारीको अवस्था विष्लेषण गर्न सर्वदलिय बैठक बसेको थियो ।
सोही वैठकको निष्कर्ष अनुसार काठमाडौं उपत्यकामा थपिने भएको हो । अब थपिने निषेधाज्ञा थप कडा हुने पनि प्रजिअ अधिकारीले बताए । विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको उनले बताए।
‘तरकारी पसल एक साताका लागि बन्द गर्ने हो वा यहाँ हुने भिडभाड कसरी व्यवस्थापन गर्ने हो भन्ने विषयमा छलफल भइरहेको छ,’ पराजुलीले भने। तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए।
‘संक्रमणदर पनि घटेन र मान्छेको आवतजावत पनि निरन्तर देखिएकाले निषेधाज्ञामा कडाइ गर्दै एकसाता थप्ने हाम्रो तयारी छ’ काठमाडौंका सीडीओ पराजुलीले भने । सरकारले गतसाता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पनि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने भएकाले निषेधाज्ञालाई कडाइका साथ थप्ने पराजुलीले जानकारी दिए ।
‘अध्यादेशमा उल्लेख भएका प्रावधानलाई कार्यान्वयनमा लैजाँदै अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने, अनावश्यक हिँड्डुल गर्नेलाई होल्डिङ गर्ने र मास्क नलगाउनेलाई जरिवाना गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गरिनेछ’ सीडीओ पराजुलीले भने ।
निषेधाज्ञालाई थप कडाइ बनाउने तयारीमा जिल्ला प्रशासनहरु छन् । गृह मन्त्रालयले शनिबार तीनैवटा सुरक्षा निकाय र सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मानिसहरुलाई घर बाहिर निस्कन नदिन र निषेधाज्ञालाई कडाइ गर्न निर्देशन दिएको थियो ।



