मौसम पूर्वानुमानः आज यी स्थानमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

यस्तै, महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । 

यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यता, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली  रहि देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।  

त्यस्तै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button